अर्जेन्टिनामा आन्दोलन हिंसात्मक बन्दै, ८ सयको मृत्यु

२६ मंसिर । अर्जेन्टिनाका विभिन्न प्रान्तमा ६ दिनदेखि चर्किरहेको आन्दोलन हिंसात्मक बन्दा आठ जनाको मृत्यु भएको छ ।

तलब बृद्धिको माग गर्दै अर्जेन्टिनाका १७ वटा प्रँन्तमा सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको हो । प्रदर्शनकारी र प्रहरीबीचको झडपमा एक सय ५० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले तीन सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । आन्दोलनले सरकारलाई दबाब परेपनि हिंसाले माग पूरा नहुने भन्दै प्रहरी अघि सारिएको त्यहाँका एक मन्त्रीले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...