चीनयाँ उच्चस्तरीय टोली नेपाल आउँदै

२ पुस । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिलासम्बन्धी उपमन्त्री आई पिङ नेतृत्वको टोली आज नेपाल आउँदै छ ।

१४ सदस्यीय टोलीको नेतृत्व गर्दै पिङ आज नेपाल आउने कार्यक्रम तय भएको चिनियाँ दूतावास स्रोतले जानकारी दिएको हो । चिनियाँ टोलीले नेपालको राजनीतिकबारे दलका शीर्ष नेताहरुसँग छलफल गर्ने जनाइएको छ ।

नेपाली कांग्रेसको विदेश विभागको निमन्त्रणामा आउन लाग्नुभएका पिङ नेपाल मामिलाको विज्ञका रुपमा चिनिनुहुन्छ । उक्त टोलीले सरकारी अधिकारीहरुसँग भने औचपारिक भेटवार्ता गर्ने छैनन् । पिङले कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।

1 comments

नेपाल र नेपालिको भविश्य सँग खेलवाड र्गने हरुको षडयन्त्र त होईन ?

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...