फिलिपिन्समा बस दुर्घटनामा २१ जनाको मृत्यु

१ पुस । फिलिपिन्सको राजधानी मनिलामा भएको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि दजर्नौं यात्रु घाइते भएको प्रहरी अधिकारीले जनाएका छन् ।

बस आकाशे मार्गबाट तल खसी भ्यानमा ठोक्किएको थियो । दुर्घटनामा परि गम्भीर घाइते हुनेहरु बढी भएकाले मृत्यु हनेको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । दुर्घनाग्रस्त बस कम्पनीलाई ३० दिन सवारी साधन चलाउन निषेध गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...