जापानको नयाँ राष्ट्रिय सुरक्षा रणनीति स्वीकृत

३ पुस । जापानी मन्त्रिपरिषदले नयाँ राष्ट्रिय सुरक्षा रणनीति स्वीकृत गरेको छ ।

नयाँ राष्ट्रिय सुरक्षा रणनीति अनुसार जापानले आगामी ५ वर्षभित्र मानवरहित विमान लगायतका अत्याधुनिक उपकरण, विशेष वायुयान र जल थल दुवैमा चल्ने बहान खरिद गर्न सक्नेछ । त्यस्तै, जल र थल दुवै ठाउँमा काम गर्न सक्ने सेना पनि जापानले तयार पार्नेछ ।

दशकौंसम्म सुरक्षा खर्च कटौती गरेको जापानले आगामी जनवरीबाट रक्षा खर्चमा बढोत्तरी गर्न लागेको छ । गत बर्ष निर्वाचित भएका प्रधानमन्त्री शिन्जो आबेले दोस्रो विश्व युद्धपछि सैन्य गतिविधिमा नियन्त्रण गर्ने संवैधानिक व्यवस्थालाई खुकुलो बनाउनुपर्ने बताएका छन् ।

उनले आफ्नो नयाँ सुरक्षाक्ष रणनीतिले जापानी जनता र विश्वका लागि जापानको वैदेशिक र सुरक्षा नीति स्पष्ट र पारदर्शी बनाएको बताए । प्रधानमन्त्री आबेले राष्ट्रिय सुरक्षा परिषदसमेत स्थापना गरिसकेका छन् । यता, चीनले जापानको सुरक्षा रणनीतिलाई नजिकबाट नियालिरहेको जनाएको छ । चीनसँगको टापु विवादकाबीच जापानले सुरक्षा खर्चको बढोत्तरी गर्न लागेको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...