नेकपा–माओवादीको केन्द्रीय कमिटि बैठक जारी

२७ मंसिर । संविधानसभा चुनाव बहिष्कार गरेको नेकपा–माओवादीको केन्द्रीय कमिटिको बैठक विहीबार पनि बस्दैछ ।

पार्टी कार्यालय कुपण्डोलमा बस्ने बैठकले संविधानसभा विघटन गरेर राजनीतिक सहमतिमा अघि बढ्नुपर्ने निर्णय गर्ने बताइएको छ । हिजो बसेको बैठकले संविधानसभा नै सहमतिको बाधक भएको ठहर गर्दै राजनीतिक सहमतिमा सर्वदलीय सरकार गठन गर्नुपर्ने माग अघि सारेको छ । यद्यपि सहमतिको सम्भावना न्यून भएको भन्दै सडक संघर्षबाटै अघि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । नेकपा–माओवादीले आफ्नो चुनाव बहिष्कार सफल भएको ठहर समेत गरेको सचिव देव गुरुङले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय सदस्य, राज्य इन्चार्ज र सल्लाहकारहरूले धारणा राख्ने क्रम जारी छ । पोखरा बैठकबाट संविधानसभाको चुनाव बहिष्कार रणनीति लिएको नेकपा–माओवादीले चुनाव सम्पन्न भएपछि नयाँ कार्ययोजना तय गर्न बैठक बोलाएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...