उत्तर कोरियाबाट सैन्य आक्रमणको धम्की

२ पुस । उत्तर कोरियाको सिमासंग जोडिएको दक्षिण कोरियाको बाएङ एओङ द्वीपमा उत्तर कोरियाले सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ ।

द्विपमा दक्षिण कोरियाली सैनिकमाथि आक्रमण गर्ने चेतावनी सहितका हजारौँ पर्चाहरु भेटिएको अधिकारीहरुले जनाएका छन् ।
दक्षिण कोरियाको नौसेनाको एक एकाइले ती पर्चा प्राप्त गरेको हो ।
पर्चामा बम आक्रमणको चेतावनी दिइएको र नौसेना आक्रमणको पहिलो लक्ष्य हुने बताइएको छ ।
उत्तर कोरियाको सरकारले त्यहाँका नेता किम जोङ–उनका राजनीतिक सहयोगी जाङ सोङ थाएकलाई मृत्यदण्ड दिएपछि यस्तो घटना सार्वजनिक भएको हो ।
यसैबिच, उत्तर कोरियाबाट कुनै पनि प्रकारको उक्साहटपूर्ण घटना हुनसक्ने भन्दै दक्षिण कोरियाले आफ्नो सेनालाई सतर्क अवस्थामा राखेको छ ।
गत बिहीबार उत्तर कोरियाली नेता जाङलाई मृत्युदण्ड दिइएपछि किमले शक्तिमा आफ्नो नियन्त्रण रहेको कुरा देखाउन बिभिन्न प्रयास गरिरहेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...