रौतहटमा आगलागीबाट १ दर्जन भन्दा बढी घर जलेर नष्ट

२७ मंसिर । रौतहटमा भएको आगलागीबाट एक दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन् ।

रौतहटको संग्रामपुर गाविस–८ मा गएराति आगलागी हुँदा तीनवटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । रामकृत राउतको घरबाट सल्केको आगोले किशोरी ठाकुर र इन्द्रजित राउतको घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । यसैगरी महम्दपुर गाविस–२ का जयराम यादवले दाहीँ गर्न राखेको धानको बोझामा आगलागी हुँदा २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै चन्द्रनिगाहपुर गाविस–३ गैडाटारमा पनि एक घरमा आगालागी भएको छ ।

स्थानीय बहादुर योञ्जनको घरमा केटाकेटीले आगो खेलाउँदा आगलागी भएको हो । अभिभावकहरु विवाहमा बाहिर गएको र घरमा केटाकेटी मात्र रहेकाले उनीहरुले आगो खेलाउँदा आगलागी भएको स्थानीयवासीले बताएका छन् । आगो निभाउने प्रयास हुँदाहुँदै घर पूणर््ँ रुपमा जलेको थियो । घरमा रहेको अन्नपात, कपडा लगायत सम्पूर्ण सामानहरु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...