अर्थमन्त्री र एफएटीएफका प्रतिनिधिबीच भेटवार्ता

२८ मंसिर । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपाल कुनै पनि प्रकारको वित्तिय अपराध नियन्त्रण गर्न आवश्यक कानुनी, नियमनकारी र कारबाही व्यवस्था गर्न प्रतिवद्ध रहेको बताएका छन् ।
सम्पति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (एफएटीएफ)का प्रतिनिधिहरुसँगको भेटमा बिहीबार मन्त्री कोइरालाले यही प्रतिबद्धता अनुसार सरकारले विगत तीन–चार वर्षमा पाँच वटा ऐन अध्यादेश ल्याएको बताए ।

उनले वित्तिय अनुशासनका लागि राष्ट्रियस्तरमा राष्ट्रिय समन्वय समिति, उच्च प्रशासकको नेत्ृ

त्वमा नियमनकारी निकाय, वित्तिय जानकारी ईकाइ, सम्पति शुद्धीकरण अनुसन्धान विभाग र अन्य सम्बद्ध अनुसन्धानकारी निकाय गठन गरी प्रभावकारी ढंगले काम भइरहेको जानकारी गराए ।

राष्ट्र बैंकका गभर्नर डा। युवराज खतिवडाले कानुनी नियमनकारी र कार्यान्वयन क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको बताए । सुरुमा यस विषयको बुझाई जनमासमा अस्पष्ट रहेको भएपनि अहिले भने कठोरताकासाथ लानुपर्ने जनमत प्रबल बनेको बताए ।

प्रतिनिधिमण्डलले नेपालले विगत केही वर्षमा यस क्षेत्रमा गरेको प्रगतिलाई उच्च मूल्यांकन गरेको जनाउँदै आपूmहरुले विभिन्न निकायसँगको भेटमा भएका कानुनी र संस्थागत व्यवस्थाको कार्यान्वयन र आगामी योजनाको अध्ययन गरी प्रतिवेदन बुझाउने जानकारी गराएको जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...