वस्ती उठाइएपछि विचल्ली

दोलखा, १ पुस । माथिल्लो तामाकोशी जलविद्युत आयोजना निमार्णका क्रममा वस्ती उठाइएका ९ घर परिवारको पुनर्वास नहुँदा समस्यामा परेका छन् ।

आयोजनाको बाँधस्थल लामाबगर जाने बाटो बनाउने क्रममा दोलखाको लामाबगरस्थित छ्योत गाउँबाट सडक विस्तारका क्रममा ९ घर परिवार विस्थापित भएका थिए । स्थानीयवासीको घर आयोजनाको सडक मार्गमा परेको भन्दै २०६४ सालमा विस्थापितहरूको अहिलेसम्म पुनर्वास हुन नसकेको हो । पुनर्वास नभएपछि पीडितहरू पुरानै जग्गाको आसपासमा अस्थायी टहरा बनाएर बस्दै आएका छन् । आयोजनाले उनीहरूलाई वार्षिक रूपमा घर भाडा दिँदै आएपनि नियमित नहुँदा खान बस्न समस्या परेको उनीहरूको गुनासो छ । आयोजनाले विस्थापितहरूलाई लामाबगरको वडा नम्बर २ र ९ मा सार्ने जनाएपनि प्राविधिक कारणले ढिला भएको जनाएको छ ।
आयोजनाका प्रवक्ता गणेश न्यौपानेले स्थानीयवासीको पुनर्वाससम्बन्धी योजना तथा नीति पास नहुँदा ढिलाइ भएपनि छिटै समस्या समाधान हुने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...