विवाद समाधानका लागि राजनीतिक दलहरु कांग्रेस सभापति कोइराला निवासमा

१ पुस । संविधानसभा निर्वाचनपछि उत्पन्न विवाद समाधानका लागि मुख्य राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।
सहमतिको प्रयासमा उच्चस्तरीय राजनीतिक समितिमा छलफल गर्दै आएका दलहरुले सोमबार पनि त्यसलाई निरन्तरता दिएका छन् ।

कोइराला निवास महाराजगन्जमा विहान ९ बजेपछि बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा निर्वाचन परिणामप्रति असन्तुष्ट एकीकृत माओवादी लगायत दलहरुलाई सहमतिमा ल्याउने प्रयासबारे छलफल हुने जनाइएको छ । समितिको बैठक काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा हुने छ ।

छलफललाई निरन्तरता दिए पनि दलहरु आ–आफ्नो अडानमा कायम रहेपछि सहमति हुन सकेको छैन । निर्वाचनमा धाँधली भएको दावी गर्दै एमाओवादीले स्वतन्त्र छानविन आयोग गठन गर्न माग गरेको छ भने काँग्रेस–एमाले लगायत दलले समग्र निर्वाचन प्रक्रियालाई प्रश्न उठाउने गरी आयोग गठन गर्न नसकिने बताउँदै आएका छन् । संसदमा गएर संसदीय समिति बनाउन सकिने उनीहरुको भनाइ छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...