काठमाडौँमा चाँदीका गहनाहरुको प्रदर्शनी

२८ मंसिर । चाँदी तथा चाँदीजन्य वस्तुहरुको प्रवद्र्धन गराउने उद्देश्यले बिहीबार राजधानीमा एक दिने सिल्भर ज्वेलरी प्रदर्शनी भयो ।

प्रर्दशनीमा नेपालमा बनाइएका सिल्भर तथा ज्वेलरीका विभिन्न डिजाइनका गरगहनाहरु राखिएका थिए ।

प्रदर्शनीमा चाँदी तथा विभिन्न गरगहनाको प्रर्दशनी तथा बिक्री गरिएको थियो । प्रदर्शनीमा कालिगढहरुले प्रत्यक्ष रुपमा अवलोकनकर्ताहरुलाई विभिन्न प्रकारका गरगहना बनाएका थिए ।

नेपाल हस्तकला महासंघले दुई वर्षका लागि चाँदीलाई ‘प्रडक्ट अफ द ईयर’को रुपमा मनाउने निर्णय गरे अनुसार प्रदर्शनी गरिएको बताइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...