उच्चस्तरीय राजनीतिकि समिति खारेजी गर्नुपर्ने नागरिक अगुवाको सुझाव

काठमाडौँ, १ पुस । नागरिक समाजका अगुवाहरूले उच्चस्तरीय राजनीतिक समिति खारेज गरी विवादित विषय संविधानसभामार्फत टुङ्ग्याउनुपर्ने सुझाव दिएका छन् ।

काठमाडौमा आइतबारभएको कार्यक्रममा नागरिक समाजका अगुवाहरूले उच्चस्तरीय राजनीतिक समितिको नाममा फेरि पनि संविधानसभालाई बन्धक बनाउन नहुने बताएका हुन् । कार्यक्रममा कानुनविद् विश्वकान्त मैनालीले जनताले संविधानसभा बनाइसकेको अवस्थामा बाहिर बन्ने कुनै पनि सस्था संवैधानिक नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणी दिक्षितले नयाँ चुनाव भए पनि पुरानै अनुहार, पुरानै चरित्र र शीर्ष नेताको नाममा पुरानै व्यक्तिले राजनीतिलाई बन्धक बनाएको टिप्पणी गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा प्राध्यापक वीरेन्द्र मिश्र र मानवअधिकारकर्मी सुदिप पठकले दलहरूले संविधान निर्माणभन्दा सरकार गठनलाई प्राथमिकतामा राखेको आरोप लगाउनुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...