दलहरुका अडान यथावन, बैठक विनानिष्कर्ष टुंगियो
२६ मंसिर । संविधानसभा निर्वाचनपछि दलहरुबीच उत्पन्न भएका विवादित विषयको समाधान गर्न बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठक विना निष्कर्ष सकिएको छ ।
तर नेपाली कांग्रेस र नेकपा एमालेले भने स्वतन्त्र सरकार र निर्वाचन आयोगले उल्लेख्य जनसहभागितामा शान्तिपूर्ण रुपले चुनाव सम्पन्न गराएको भन्दै निर्वाचनबारे प्रश्न उठाउनु औचित्यहीन भएको बताएका छन् । बैठकपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधान बाहिर नजाने आफ्ना मागबारे सम्बोधन हुनपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले निर्वाचनको परिणामप्रति चित्त नबुझे संवैधानिक अदालतमा जान सकिने भन्दै संविधानलाई चुनौती दिएर आयोग गठन गर्न नसकिने बताउनुभयो ।
नेकपा एमालेका नेता भीम रावलले दलहरुबीच सहमति खोजेर अगाडि बढ्नुपर्नेमा सबै दल एकमत रहेको प्रतिक्रिया दिनुभयो । बैठकले निर्वाचन सफल पार्न सम्पूर्ण पक्षले गरेको सहयोगप्रति धन्यवाद दिने निर्णय गरेको छ । अर्को बैठक मंसिर २९ गते विहान बजे बस्नेछ ।
0 comments
Write Down Your Responses