नयाँ सरकार गठन नहुँदासम्म अहिलेकै राजनीतिक समिति रहने सहमति

१ पुस । उच्चस्तरीय राजनीतिक समिति नयाँ सरकार गठन नहुँदासम्म कायमै रहने भएको छ ।

बबरमहलस्थित शान्तिकोषको सचिवालयमा आइतबार बसेको बैठकमा नयाँ सरकार नबन्दासम्म उच्चस्तरीय राजनीतिक समिति कायम राख्ने सहमति भएको हो ।
त्यस्तै, चुनावमा धाँधली भएको भन्दै उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने एकीकृत माओवादीलगायत दलको मागबारे पनि छलफल भएको थियो । बैठकमा कांग्रेस र एमालेका नेताहरूले सरकार र निर्वाचन आयोगले गराएको चुनावको विषयमा राजनीतिक तहमा छानबिन आयोग गठनको माग राख्नु उचित नहुने धारणा राखेका थिए । उनीहरूले संविधानसभामा संसदीय समिति बनाएर छानबिन गर्न सकिने भन्दै संविधानसभामा आउन आग्रह गरेका थिए । समितिको बैठकमा दलहरूले आ–आङ्खनो अडान दोहो¥याएपछि सहमतीय सरकार गठनलगायत विषयमा सहमति हुन सकेन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...