भ्रष्टाचार न्यून भएको अध्यक्ष रेग्मीको दाबी

२७ मंसिर । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपालमा विगतको तुलनामा भ्रष्टाचार घट्दै गएको दाबी गर्नुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विहीबार काठमाडौमा गरेको कार्यक्रममा अध्यक्ष रेग्मीले अघिल्लो वर्षको तुलनामा सन् २०१३ मा भ्रष्टाचार घटेको बताउनुभयो । उहाँले समयानुरुप भ्रष्टाचारसम्बन्धी कानुन परिमार्जन गर्दै लगिएको पनि बताउनुभयो । कार्यक्रममा सार्क राष्ट्रसहित अन्य मुलुकका प्रतिनिधिहरूको सहभागिता छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...