नेपाली कांग्रेसमा मानुपातिक सभासद छान्ने प्रयास जारी

१ पुस । नेपाली काँग्रेसले समानुपातिक सभासद चयनको प्रयास सोमबार पनि जारी राखेको छ ।

सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवापक्षबीच विवाद भएपछि काँग्रेसले सभासदको अन्तिम सूची तयार पार्न सकेको छैन ।
पार्टी कार्यालय सानेपा ललितपुरमा सोमबार बस्ने संसदीय समितिको बैठकमा निर्वाचन आयोगमा यसअघि बुझाइएको ३ सय ३५ जनाको बन्दसूची मध्येबाट ९१ सभासद छान्नेबारे छलफल हुने छ । काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले बुधबारसम्ममा नामावली टुंगो लाग्ने दावी गर्नुभयो ।
निर्वाचन आयोगले समानुपातिक सभासदको सूची बुझाउन पहिलोपटक थपेको म्याद पनि बुधबारै सकिदै छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...