२७ मंसिर । इंग्लिस क्लब आर्सनल युईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरण्ँमा प्रवेश गरेको छ ।
बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा आर्सनलले नपोलीलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । आर्सनलका लागि ७३ औ मिनेटमा गोन्जालो हिग्युएनले पहिलो गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । ७६ औ मिनेटमा मिकेल आर्टेटा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।
९० औ मिनेटमा जोस काल्लेजोनले गोल गरेपछि नपोली स्तब्ध भएको थियो । समान १२—१२ अंक बनाएको आर्सनलले गोल अन्तरको आधारमा नेपोलीलाई पछि पार्दै अघिल्लो चरणमा पुगेको हो । त्यस्तै, गएराति नै भएको अर्को खेलमा बोरुसिया डटमुण्डले मार्सेलीलाई २—१ गोलअन्तरले हराउँदै समूह एफको विजेता बनेको छ । बोरुसिया डटमुण्डका लागि खेलको चौथौ मिनेटमा रोबर्ट लेवानडुविस्की र ८७ औ मिनेटमा केभिन ग्रोबक्रेउचले समान एक—एक गोल गरेका थिए । यता मार्सेलिका लागि १४ औ मिनेटमा डाइवाराले एक मात्र गोल फर्काएका थिए ।
गएराति नै भएका अन्य खेलमा गालाता–सारायले युभेन्ट्सलाई एक—शून्य गोलअन्तरले, चेल्सीले स्टुवा बु्रकरेस्टलाई एक—शून्य गोलअन्तरले, साल्केले बसेललाई दुई—शून्य गोलअन्तरले, एथलेटीको म्याड्रिडले एफसी पोर्टोलाई दुई—शून्य गोलअन्तरले तथा बार्सिलोनाले सेल्टिकलाई ६—१ गोल अन्तरको पराजित गरेका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment