एक बर्षमा नयाँ संविधान जारी हुन्छः नेपाल

२८ मंसिर । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले एक बर्षभित्र नयाँ संविधान जारी गरी संक्रमणकाल अन्त्य गर्ने बताउनुभएको छ ।


काठमाण्डुको कोटेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुले शुक्रबार गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भन्नुभयो– ‘एमाले सत्ताको भागबन्डामा मरिहत्ते गर्दैन, एक बर्षमा संविधान बनाएर संक्रमणकाल अन्त्य गर्न लागेको छ ।’ उहाँले नेकपा एमाले सत्ताको लागि मरिहत्ते नगर्ने स्पष्ट पार्नुभयो
देशलाई अहिले एकताको खाँचो रहेको भन्दै उनले त्यसैको लागि उच्चस्तरीय राजनीतिक समिति मार्फत् विवादित मुद्दामा सहमतिको प्रयास भैरहेको जानकारी दिनुभयो ।
चुनावमा भएको जीत र हारलाई जीबनको अंगको संज्ञा दिदै उनले जितमा नमात्तिन र हारमा नआत्तिन सबैलाई आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...