नुवाकोटमा ३० महिला कर्मचारी सम्मानित

२८ मंसिर । संविधानसभा चुनावमा सुम्पिएको जिम्मेवारी कुशलतापुर्वक सम्पन्न गरेवापत निर्वाचन आयोगले नुवाकोटका ३० महिला कर्मचारीलाई सम्मान गरेको छ ।

नुवाकोटको महिला मैत्री मतदान केन्द्रमा परिचालित कर्मचारीले सुम्पिएको जिम्मेवारी पूरा गरेको भन्दै प्रशंसा पत्रसहित सम्मान गरेको हो । संविधानसभा सदस्य निर्वाचन निर्देशिका अनुसार चुनावमा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गरिएको आयोगले जनाएको छ । नुवाकोटमा खटिएका तीन मतदान अधिकृत, तीन सहायक मतदान अधिकृत तथा कार्यालय सहायक, कार्यालय सहयोगी र महिला सुरक्षाकर्मीहरूलाई सम्मान गरिएको हो । नुवाकोटमा कायम दुई सय ३४ मतदान केन्द्रमध्ये पाँच वटा केन्द्रलाई महिला मैत्री मतदान केन्द्र तोकिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...