हेटौंडा औद्योगिक क्षेत्रले स्वर्ण महोत्सव मनाउँदै

२८ मंसिर । क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो हेटौंडा औद्योगिक क्षेत्र स्थापनाको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाईदैछ ।

स्वर्ण महोत्सवको अवसरमा आज विशेष कार्यक्रमको आयोजना गरिने क्षेत्र व्यवस्थापक राजकुमार मण्डलले जानकारी दिनुभयो ।
स्वर्ण महोत्सवको अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०२० सालमा अमेरिकी सरकारको सहयोगमा स्थापना भएको औद्योगिक क्षेत्रले २०७० साललाई नै स्वर्ण वर्षको रुपमा मनाईरहेको छ ।
औद्योगिक क्षेत्रका प्रशासकीय अधिकृत किशोरकुमार पाण्डेले स्वर्ण वर्षको रुपमा वर्षभर विविध कार्यक्रम गरिरहेको बताउनुभयो । औद्योगिक क्षेत्रले २ हजार ८ सय २९ रोपनी क्षेत्रफल ओगटेपनि बहालमा दिन सकिने १ हजार ९ सय ७ रोपनी जग्गा उपलब्ध गराईसकिएको जनाएको छ ।

बाँकी क्षेत्रफल प्रशासनीक भवन, पूर्वाधार, कार्यालयहरु र रुखबिरुवाले ओगटेको छ । अहिले औद्योगिक क्षेत्रमा करिब ७० वटा उद्योग संचालनमा छन् । १३ उद्योग बन्द छन् । औद्योगिक क्षेत्रमा १२ वटा उद्योग निर्माणाधीन र सात वटाको जग्गा सम्झौता भएको छ । औद्योगिक क्षेत्रमा मासिक ५ हजार केभिए विद्युत क्षमता र प्रतिघण्टा ६० हजार लिटर पानीको क्षमता छ । औद्योगिक क्षेत्रमा ५ हजार कर्मचारीले रोजगारी पाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...