सिरियामा हवाई आक्रमणमा ३६ जनाको ज्यान गयो

१ पुस । सिरियाली सरकारी सेनाले करम अल बेइकमा गरेको हवाई आक्रमणमा ३६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने मध्ये १५ जना बालबालिका रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सले जनाएको छ । पछिल्ला दिनमा सरकारी सेनाले कारवाही तिब्र बनाए पनि विद्रोहीको कब्जामा रहेका केही प्रमुख क्ष्ँेत्र भने आफ्नो पक्ष्ँमा बनाउन सकेको छैन । दुई वर्षदेखि जारी सिरियाली द्वन्द्वमा १ लाख २० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । त्यस्तै द्वन्द्व पीडित लाखौं सिरियाली नागरिक छिमेकी देशमा शरणार्थीका रुपमा रहेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...