बाघको छाला र हड्डीसहित दुई जना पक्राउ

२८ मंसिर । प्रहरीले बाराको निजगढबाट बाघको छाला र हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव उपरीक्षक विष्णुहरी कोइरालाको टोलीले पाटे बाघको छाला र सात किलो नौ सय ग्राम हड्डीसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर छतिवनका नरेन्द्र भुलाल र बारा रतनपुरीका विकास लामा हुन् । छाला र हड्डी बिक्री गर्न लैजादै गरेको अवस्थामा सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई बन्यजन्तु संरक्षणअन्र्तगत कारवाही हुने प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...