चिलीको राष्ट्रपतिमा पुनः मिचेल व्याचलेट निर्वाचित

१ पुस । चिलीमा भएको राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति मिचेल ब्याचलेट निर्वाचित भएकी छिन् ।

समाजवादी पार्टीकी नेतृ ब्याचलेटले सत्तासीन दलकी उम्मेदवार एमेलीन माथेइलाई पराजित गरेकी हुन् । गत नोभेम्बरमा भएको चुनावमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत ल्याउन सकका थिएनन् । पछि भएको दोस्रो चरणको चुनावमा ब्याचलेटले ६२ प्रतिशत मत पाएकी छिन् ।

उनकी प्रतिष्पर्धी माथेइले भने ३८ प्रतिशत मत प्राप्त गरेकी छिन् । सन् १९९० मा सैनिक शासक अगुस्टो पिनोसेको सत्ता पतनपछि भएको निर्वाचनमा ब्याचलेट दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । ब्याचलेट पहिलो पटक सन् २००६ देखि सन् २०१० सम्म राष्ट्रपति बनेकी थिइन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...