नेकपा–माओवादीको तेस्रो पूर्ण केन्द्रीय बैठक जारी

२६ मंसिर । चुनाव बहिष्कार गरेको नेकपा–माओवादीको तेस्रो पूर्ण केन्द्रीय समिति बैठक पनि जारी छ ।

पार्टी कार्यालय कुपण्डोलमा जारी बैठकमा अध्यक्ष मोहन बैद्यले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । अध्यक्ष बैद्यले पेश गरेको प्रतिवेदनमा संविधानसभाको विघटनलाई मुख्य मुद्दाका रूपमा उठाउने विषय उल्लेख छ । अध्यक्ष बैद्य अहिलेको संविधानसभा नौटंकी मात्र भएको भन्दै गोलमेच सम्मेलनबाटै राजनीतिक सहमति कायम गर्नुपर्ने अडानमा हुनुहुन्छ । बैठकमा केन्द्रीय सदस्य, राज्य इन्चार्ज र सल्लाहकारहरूले धारणा राख्ने क्रम जारी छ ।

पोखरा बैठकबाट संविधानसभाको चुनाव बहिष्कार रणनीति लिएको नेकपा–माओवादीले चुनाव सम्पन्न भएपछि नयाँ कार्ययोजना तय गर्न बैठक बोलाएको हो । बैठकले एकीकृत नेकपा माओवादीबाट अलग्गिएको डेढ वर्ष, महाधिवेशन भएको एक बर्ष र पोखरा बैठकको समीक्षा गर्दै नयाँ कार्ययोजना बनाउने नेताहरूले जनाएका छन् । आइतबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा सल्लाहकार गरी दुई सयभन्दा बढीको उपस्थिति छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...