सुन्तला खेतीको विस्तारका लागि बगैचा प्रवद्र्धन कार्यक्रम

३ पुस ।काभ्रेमा सुन्तला खेतीको विस्तार र प्रवर्द्धनका लागि बगैँचा सुधार कार्यक्रम लागु भएको छ ।

सुन्तला खेतीबाट निकै आम्दानी हुने गरेपनि बगैँचा सुधार प्रति किसानको चाँसो नजादाँ बोटमा क्षति पुग्न गई नोक्सानी हुन थालेपछि राष्ट्रिय बाली संरक्षण निर्देशनालय काठमाण्डौको सहयोग र जिल्ला कृषि विकास कार्यालय काभ्रेको समन्वयमा ‘सुन्तला बगैँचा सुधार’ कार्यक्रम सञ्चालन गरिएको हो ।

अहिले नमूनाका लागि पहिलो चरणमा पनौती नगरपालिकाको वडा नम्बर १० सुन्थान क्षेत्र र सारदाबतासे गाविसमा ‘सुन्तला बगैँचा सुधार’ कार्यक्रम लागु गरिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका बरिष्ठ कृषि विकास अधिकृत सहदेव प्रसाद हुमागाईले जानकारी दिनुभयो ।

हुमागाईका अनुसार ५ वर्षभित्र काभ्रेको १३ सय हेक्टर जमिनमा लगाइएको सुन्तला खेतीको बगैँचा सुधार गरिने छ । सुन्तला उत्पादनका हिसाबले पटेक क्षेत्र मानिएको पनौती नगरपालिका, सारदाबतासे र शंखुपाटी चौर गाविसलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने र जिल्लाका अन्य ठाउँमा समेत विस्तार गरिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यक्रम अन्तर्गत किसानहरुसँग पहिलो चरणको छलफल भइसकेको र अहिले माटोको नमूना संकलन गर्ने काम भइरहेको छ । किसानहरुलाई विरुवाको कटान, मलखाद र सुक्ष्मतत्वको प्रयोग लगायतका बारे जानकारी गराउने बताइएको छ । यो वर्ष सन्तुला खेतीबाट मात्रै काभ्रेमा ३८ करोड रुपियाँ भित्रिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...