निर्वाचनमा भएको धाँधलीबारे छानविनकै रटान

१ पुस । एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले निर्वाचनमा भएको धाँधलीबारे उच्चस्तरीय छानविन समिति गठन नभएसम्म आफ्नो पार्टी संविधानसभामा नजाने बताउनुभएको छ ।

सोमबार काठमाडौमा भएको कार्यक्रममा नेता रायमाझीले मंसिर ४ गते सम्पन्न संविधान निर्वाचनमा एकीकृत माओवादीलाई गम्भीर षडयन्त्र गरेर हराएको दाबी गर्दै त्यसका लागि उच्चस्तरीय छानविन समिति गठन नभए संविधानसभामा नजाने बताउनुभयो । उहाँले यस्तो आयोग संविधानसभाभन्दा बाहिरको व्यक्तिको नेतृत्वमा हुनुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका नेता भीम रावलले अघिल्लो संविधानसभामा एकीकृत माओवादीले जातीय संघीयता मुद्दा उचालेकाले जनताले यो पल्ट तेस्रो दलको हैसियत दिएको बताउनुभयो । उहाँले चुनावमा भएको धाँधलीबारे उच्चस्तरीय छानविन समितिको औचित्य नभएको जिकिर गर्नुभयो । नेपाली कांगेसका नेता डाक्टर नारायण खड्काले जनताले दिएको मतको सम्मान गर्न एकीकृत माओवादीलाई आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...