एनसेल कप फुटबलको उपाधि मनाङ मस्र्याङ्दीले जित्यो

३ पुस । ब्वाइज युनियनलाई अतिरिक्त समयमा पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले एनसेल कप फुटबलको उपाधि रक्षा गरेको छ ।

मंगलबार साँझ भएको रोमान्चक फाइनल भिडन्तमा ब्वाइज युनियनविरुद्ध १–० को संघर्षपूर्ण जित हात पार्दै मनाङले १५ लाख हात पारेको छ । मनाङको यो सिजनको चौथो उपाधि हो । सुरुमा गोर्खाकप जितेको मनाङले सफल पोखरा कप र भुटानमा भएको किङ्ग्स कपको उपाधि जितिसकेको छ । गभर्नर्स कपको फाइनलमा भने थ्रीस्टारसँग पराजित भएको थियो । उपविजेता ब्वाइज युनियनले ७ लाख पाएको छ । तीन दशकपछि पहिलो पटक ए डिभिजनस्तरीय प्रतियोगिताको फाइनलमा पुगेको ब्वाइज युनियनको यो ठूलो उपलब्धी हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्वाइज युनियनले डिफेण्डिङ च्याम्पियन मनाङलाई कडा चुनौती दिएको थियो । औषत खेलाडीहरुको बाहुल्यता रहेको ब्वाइज युनियनले केही राम्रो मौका पाएको थियो । मनाङका खेलाडीहरुलाई भने ब्वाइज युनियनका डिफेण्डिर चिर्न मुस्किल भएको थियो भने थुप्रै प्रहार गोलरक्षक राजु योगीले असफल पारे । खेल टाइब्रेकरतिर धकेलिन केही मिनेट मात्र बाँकी छँदा मनाङका लागि सुजल श्रेष्ठले निणरयक गोल गरे ।

शुलभ मास्केको पासमा योना इलियासले हेडमार्फत पास मिलाइदिएका थिए भने अनिल गुरुङले बल छुएनन् । त्यसपछि दृश्यमा देखिए सुजल । उनले दोस्रो बार च्यापेर हानेको बल राजु योगीले यो पटक भने पत्तै पाएनन् र उनको गोल ८ लाखको हुन पुर्यो । लगतै अनिल गुरुङले वान भर्सेज वानको मौका पाएका थिए । तर, सोझै प्रहार नगरेर उनले योनालाई पास दिए । योनाको हेड वारमा लागेर फर्किएको थियो । यसअघि दास्रो हापमा पनि योनाको प्रहार ब्वाइज युनियनका खेलाडीले गोल लाइनबाट क्लियर गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...