हात्तीको आक्रमणबाट २ जनाको ज्यान गयो

२६ मंसिर । रौतहटको लक्ष्मीनिया गाविस–९ बटुवा टोलमा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान तीन बजे जंगली हात्तीको समूहले कुल्चिएर घरमा सुतिरहेका स्थानीय ६५ वर्षीय गोबिन्द गिरी र उनका ३२ वर्षीय छोरा सुमन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीको समूहले उनीहरुलाई ओछयानबाटै घिसार्दै खेतमा लगेर मारेको स्थानीय उमेश रखालले जानकारी दिए ।

सोही घरमा सुतेका रखाल भने भागेर ज्यान जोगाउन सफल भएका छन् । हात्तीले आक्रमण गरेपछि फुत्केर भागेका रखाल पनि घाइते भएका छन् । हात्तीले उनीहरुको घर पनि ध्वस्त पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक गोबिन्दराम परियारले जानकारी दिनुभयो । हात्तीबाट खेतीपाती जोगाउन यतिबेला स्थानीयवासीलाई रातभर जाग्राम बस्नुपर्ने अवस्था छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...