मस्र्याङ्दी नदीको पानी परिक्षणका लागि सुरुङतर्फ फकाईयो

२ पुस । उत्तरी लमजुङको मस्र्याङ्दी नदीमा निर्माण भईरहेको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत आयोजनाको बाँध क्षेत्रमा मस्र्याङ्दी नदीको पानी सुरुङतर्फ फकाईएको छ ।

५० मेगावाट क्षमताको आयोजनाका लागि बाँधक्षेत्रमा नदीलाई थुनेर परीक्षणस्वरुप सुरुङतर्फ पठाईएको हो । आयोजनाले भूलभूलेको ङादी दोभानमा एक कार्यक्रम गरि नदी फर्काउने कार्यक्रम गरेको हो । कार्यक्रममा संविधानसभा सदस्य जमिन्द्रमान घले, नेपालीस्थित चिनियाँ दुतावासका सहायक प्रमुख एवं राजनीतिक सल्लाहकार चेङ जी, विद्युत विकास विभागका महानिर्देशक डिल्लीबहादुर सिंह, सिनो हाईड्रो–सगरमाथा पावर कम्पनीका निर्देशक हर्षमान श्रेष्ठलगायतले माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाको निर्माणकार्य समयमै पुरा गर्न आग्रह गरेका छन् ।

झण्डै १२ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिन लागेको आयोजनामा चाईनिज कम्पनी सिनो हाईड्रोको ९० र नेपाली कम्पनीको १० प्रतिशत लगानी रहनेछ । उत्तरी लमजुङको भूलभूले ङादी दोभानमा बाँध बाँधेर ६ दशमलब ५ किलोेमिटर सुरुङबाट भुलभूलकै वडा नम्बर ३ को मस्र्याङदी तटमा बिद्युतगृह निर्माणका लागि पूर्वाधार निर्माण र भूमिगत शुरुङ निर्माण भइरहेको छ । २०७३ असोजदेखि ब्यापारीक रुपमा बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको आयोजना रन अफ द रिभर प्रविधिमा बन्न लागेको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...