चिनियाँ उच्चस्तरीय नेता आइ पीङ र प्रचण्डबीच भेटवार्ता

३ पुस । चिनियाँ कम्युनिष्ट पार्टीका दक्षिण एसिया मामिला हेर्ने बरिष्ठ नेता आई पीङ र एमाओवादी अध्यक्ष प्रचण्डबीच दुई घण्टा लामो भेटवार्ता भएको छ ।

आई पीङको नेतृत्वमा आएको १४ सदस्यीय टोलीले बुधबार विहान एमाओवादी अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरेको हो । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा चुनावपछिको नेपालको राजनीतिक अवस्था, संविधान निर्माणमा एमाओवादीको भुमिका लगायत विषयमा छलफल भएको भेटमा सहभागी एमाओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिए ।

चिनियाँ टोलीले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा–माओवादी लगायत दलका शीर्ष नेताहरुलाई पनि भेटेर समसामयीक परिस्थितिबारे परामर्श गर्ने छ । काँग्रेस विदेश विभागको निमन्त्रणामा आईपीङ नेतृत्वको १४ सदस्यीय टोली मंगलबार नेपाल आएको थियो । नेपाल मामिला जानकार मानिने आइपीङले यसअघि पनि नेपालको भ्रमण गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...