नेवार समुदायमा यःमरी पुन्ही धुमधामकासाथ मनाइँदै

२ पुस । आज धान्य पूर्णिमा अर्थात मंसिर शुक्ल पूर्णिमाको दिन । नेपालका बिभिन्न जाती र धर्माबलम्बहीरुले यो पर्वलाई आ आफ्नै संस्कार अनुसार मनाउदैछन् । धान्य पूर्णिमालाई हिन्दू धर्माबलम्बीहरुले आ आफ्नै परम्परा अनुसार मनाउछन् । आजको दिन गोठधूप गरेर मनाउने प्रचलन छन् । मंसिरमा अन्नबाली भित्र्याएपछि किसानहरुले आजको दिन गोठमा धूप गरि कृषि जन्य सामान र पशुको पूजा समेत गर्छन् । आज खिर लगाय मिष्ठान्न परिकार खाएर मंसिरे पुर्णिमा मनाउने प्रचलन छ ।

त्यस्तै, नेवार समुदायले आज योमरी पर्व मनाउँदैछन् । ज्यापु समुदायले मनाउने ज्यापु दिवस पनि आजै मनाउने गर्दछन् । यो दिनलाई योमरी पर्णिमाका दिन मनाइने गरिन्छ । बर्षैपिच्छे ज्यापूहरुले आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउँदै आएका छन् । बिहानै योमरी र ल्होंचारी पकाएर नयाँ धानले भरिएको भकारीमा पूजा गरेर यो पर्व मनाउने गरिन्छ । चामलको पीठो तातो पानीमा मुछेर बनाइएको डल्लोमा तिल मिसाइएको चाकुको झोल राखेर वाफमा पकाएको परिकारलाई योमरी भनिन्छ । सम्पन्नताको प्रतीक धानेश्वर देवताका रुपमा स्थापना गरिएको योमरीले भरिएको पाथीलाई पुजा अर्चना गरी प्रसादका रुपमा खाइन्छ ।
आजको दिन विशेष गरी कुबेरका साथै लक्ष्मी, गणेश, कुमारको पूजा गर्ने गरिन्छ । यसरी पूजा गर्नाले वर्षभरी धनधान्य तथा श्रीवृद्धि हुने धार्मिक विश्वास रहँदै आएको छ ।
आजै साँझ घर घरमा गई परम्परागत गीत तथा धुनहरु बजाएर नेवार समुदायका युवायुवतीहरुले यःमरी माग्ने चलन पनि रहेको छ ।
त्यस्तै, किराँत समुदायले आज उधौली पर्व धुमधामका साथ मनाउँदैछन् । आदिवासी किरांत समुदायका राई, लिम्बु, याख्खा तथा सुनुवारहरुको उधौली पर्ब आजबाट शूरु भएको छ । यसलाई साकेला उधौली पर्व पनि भनिन्छ । किरांत राईहरुले साकेला, लिम्बुहरुले चासोक ताङनाम, याख्खाहरुले चास्वा तथा सुनुवारहरुले फोलस्यादरका नाममा यो पर्ब मनाउने गर्दछन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्रयाईएको खुसीयालीमा मनाइने गरिन्छ । किरांत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ । यता काठमाडौं उपत्यकामा नेवार समुदायले योमरी पून्ही मनाइरहेका छन् । धान्य पूर्णिमाका दिन मनाइने उधौली पर्वमा अन्नपानी उब्जाई दिएको भन्दै भूमि र नागनागिनीलाई पूजाआज गर्ने गरिन्छ । किरात समुदायमा यो पर्वलाई साकेवा, साकन्वा, चासोक, तोषी पनि भन्ने गरिन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...