चिसोले चितवनको जनजीवन प्रभावित

१ पुस । एक साता यता बढेको चिसोले चितवनको माडी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

घाम मधुरो हुदा माडी लगायत मुलुकका अधिंकाश क्षेत्रमा चिसो ह्वात्तै बढेको छ ।
माडीको मुख्य वजार वसन्तपुर, वरुवा किर्तनपुर र देवेन्द्रपुरमा पसलहरु ढिलामात्र सञ्चालमा आएका छन । सर्वसाधरणहरु न्यानो कपडा लगाएर घरभित्रनै वसेका छन् । चिसोबाट बालबालिका र बृद्धहरुमा निमोनिया, ज्वरो लगायतका समस्या देखा परेका छन् । चिसोवाट वच्नका लागी न्यानो कपडा लगाउने खानपिनमा ध्यान दिन चिकित्सहरुले सल्लाह दिदै आएका छन् ।
तराईमा अधिंकाश समय हुस्सु लाग्नुका साथै शीतलहर , बढनसक्ने, महाशाखाले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...