संचार ऐनको कार्यान्वयन गर्न संचारमन्त्रीको आग्रह

२ पुस । सञ्चार मन्त्रालयले सरकारी सञ्चारमाध्यममा काम गर्ने पत्रकार तथा कर्मचारीको न्यूनतम पारिश्रमिक वितरण गर्न निर्देशन दिएको छ ।

सञ्चार मन्त्रालयको प्रथम चौमासिक बैठकमा सञ्चारमन्त्री माधव पौडेलले सरकारी सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक निर्धारण तत्काल गरी निजी सञ्चारमाध्यमलाई पनि ऐनको कार्यान्वयनका लागि पत्रचार गर्न निर्देशन दिनुभएको हो । मन्त्री पौडेलले ग्रामीण दुरसञ्चार कोष अन्तर्गत सम्पूर्ण देशलाई वाईफाई जोन बनाउने अभियान थाल्न पनि दुरसञ्चार प्राधिकरणलाई आग्रह गर्नुभयो । उहाँले सूचनाको हकलाई सुरक्षित गर्न पनि सबै क्षेत्रलाई वाईफाई जोन बनाउनुपर्ने बताउनुभयो ।
मन्त्री पौडेलले नेपालले सबै क्षेत्र वाईफाई जोन बनाए दक्षिण यसियाका अन्य देशलाई पनि दबाब बढ्ने र सञ्चार क्षेत्रले फड्को मार्ने दाबी गर्नुभयो । पौडेलले गोरखापत्र संस्थानलाई क्षत्रीयस्तरमा विस्तार गर्न पनि आग्रह गर्नुभयो । उहाँले संस्थान व्यवस्थापनले राजनीतिक हस्ताक्षेपका कारण सरकारी संस्थान धरासयी भएको बताउने गरेको भन्दै अहिलेको सरकारले हस्तक्षेपमुक्त राखेको भन्दै यस अवधिमा सुधार नभए व्यवस्थापन असक्षम ठहर्ने बताउनुभयो ।
बैठकमा मन्त्रालयसहित त्यस अन्तर्गतका १३ आयोजना प्रमुखको सहभागिता थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...