कक्षा ११ को नतिजा आज प्रकाशित हुँदै

काठमाडौँ, २६-पुष
उच्च माध्यमिक शिक्षा परिषदले गत जेठ महिनामा संचालन गरेको कक्षा ११को परिक्षाको परीक्षाफल लगभग ७ महिनापछी आज शुक्रबार प्रकाशित गर्ने भएको छ ।

परिक्षा संचालनको ७ महिना बितिसक्दापनि नतिजा सार्वजनिक नभएकोमा बिद्यार्थी तथा अभिभावकहरुको असन्तुष्टि सुनिदै आएको थियो । तर कक्षा १२ को प्रि-बोर्ड नजिकिंदै गर्दा भएको यो रिजल्टले बिद्यार्थी तथा शिक्षकहरुमा भने थप अन्यौलता सिर्जना गर्न सक्ने सजिलै अनुमान गर्न सकिन्छ । कारण कक्षा १२ को बोर्ड परिक्षाका लागि तयारी गर्नु पर्ने विद्यार्थीहरुलाई कक्षा ११को नतिजाले थप तनाव दिन सक्ने कुरालाई नकार्न मिल्दैन ।

उच्च माध्यमिक शिक्षा परिषदका अनुसार परिक्षामा ४ लाख ३५ हजार १८ जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ २ लाख ६५ हजार ४ सय ५७ परीक्षार्थी सहभागी थिए भने आंशिकतर्फ १ लाख ६९ हजार ४ सय ५७ परीक्षार्थी सहभागी थिए ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...