राष्ट्रपतिबाट राजनीतिक भेटघाटलाई तीब्रता

२१ पुस । राष्ट्रपति डा. रामवरण यादवले आज पनि भेटवार्तालाई निरन्तरता दिनुभएको छ ।

राष्ट्रपतिले संविधान सभाको बैठक कसले डाक्ने भन्ने विषयमा देखिएको संवैधानिक अफ्ठ्यारो फुकाउन दलहरुसँगको परामर्श जारी राखेका हुन् ।

आज पनि विहानैदेखि राष्ट्रपतिले नेताहरुसँग छलफल गरिहेका छन् ।उनले ठूला राजनीतिक दलका नेता तथा केही साना दलका नेतासँग परामर्श गरिसकेका छन् ।

यसअघि शनिबार उहाँले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनाली, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र अरु साना दलका नेतासँग छुट्टाछुटै परामर्श गरेका थिए ।

भेटमा गएका सबैजसो दलका नेता संविधान सभाको बैठक राष्ट्रपतिले नै बोलाउनु पर्ने पक्षमा देखिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...