निर्माणाधिन भवन भत्किँदा १४ जनाको ज्यान गयो

२१ पुस । पश्चिम भारतीय राज्य गोआमा निर्माणाधिन अवस्थामा रहेको एक पाँच तले भवन भत्किँदा कम्तीमा १४ कामदारको मृत्यु भएको समाचार छ ।

प्रहरी स्रोतका अनुसार यस दुर्घटनामा दर्जनौ फसेका आशङ्का गरिएको छ । सैनिक, प्रहरी र अग्नी नियन्त्रकहरु उद्धारकार्यमा सहभागी रहेका र जिवित व्यक्तिको उद्धारको लागि सघर्षरत रहेका जनाइएको छ ।
प्रान्तीय राजधानी पानाजीबाट ७० किलोमिटर टाढा रहेको कानाकोना सहरमा शनिबर अपरान्हमा भत्किँएको सो भवनमा दुर्घटनाको समयमा कति व्यक्ति कार्यरत रहेका थिए, सो निधारण गर्ने कोशिष भईरहेको प्रहरी निरीक्षक सेखर प्रभुदेसाईले बताउनु भएको छ ।
तर प्रत्यक्षदर्शीहरुका अनुसार भने सो घटनाको समयमा त्यहाँ ४० व्यक्ति कार्यरत रहेका थिए ।
सो घटनाबाट घाइते भएका १३ जनालाई विभिन्न अस्पतालमा उपचारार्थ भर्ना गरिएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । ती मध्य केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने समेत प्रहरीले अनुमान गरेका छन् ।
भारतमा भवन भत्किँने साधारण घटनाको रुपमा बारम्बार हुने गरेको पाइन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...