अज्ञात समूहबाट धादिङमा एक युवकको हत्या

२१ पुस । उत्तरी धादिङको दाखा–६ निवासी एक युवकको धारिलो हतियार प्रहारबाट हत्या गरिएको छ ।

शुक्रबारदेखि सम्पर्कबाहिर रहेका २५ वर्षीय गंगालाल तमाङको शव शनिबार साँझ ५ बजेतिर सत्यदेवी गाविस–३ स्थित एक खेतमा स्थानीय बासिन्दाले फेला पारेका थिए । घटनाबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ ।
त्यस्तै एक महिनादेखि हराइरहेका उत्तरी धादिङ कै गुम्दी– ९ निवासी ४५ वर्षीय नेवा तामाङको शव शनिबार फुलखर्क गाविस वडा नं ५ को छाङा भन्ने ठाउँमा फेला परेकाले त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...