ए डिभिजन लिग फुटबलः आजबाट तेस्रो चरणका खेल सुरु

२१ पुस । राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत आजबाट तेस्रो चरणको खेल सुरुहुने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने थ्रि स्टार र जावलाखेल विरुद्धहुने खेलपछि दोस्रो चरणको समाप्ति हुने छ ।
जारी प्रतियोगितामा थ्रि स्टार पाँचौ र जावलाखेल युथ क्लब १३ औ स्थानमा छ । तेस्रो चरणको पहिलो खेलमा आजै दिउसो तीन बजे सशस्त्र प्रहरीको एपिएफ र ब्वाईज युनियन आमने सामने हुने छन् ।

प्रतियोगितामा एपिएफ ३ अंक सहित सातौ स्थानमा छ भने ब्वाईज युनियनले खाता खोल्न सकेको छैन ।
हिजोका खेलमा मच्छिन्द्र र आरसिटी विजयी भएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...