यसरि प्रस्तुत हुनुहोस भ्यालेन्टाइनमा आफ्नो प्रेमी/प्रेमिकाको मन जित्न ?


युवा अवस्था अर्थात टिनएज यस्तो समय हो जतिबेला हाम्रो शरीर, मन, मस्तिष्कलगायत सबै कुराहरुमा आफसेआफ परिवर्तन आउँछ । यस्तैमा बिपरित लिंगीप्रति आकर्षण हुनु कुनै नौलो कुरा हैन । यहि बिपरित लिंगीप्रतिको प्रेमलाई प्रकट गराउने महान पर्व/दिनको रुपमा लिइन्छ भ्यालेन्टाइन्स डेलाई । भ्यालेन्टाइन नजिकै आइसक्यो । जति नजिक भ्यालेन्टाइन आउंदै छ त्यति नै तपाईहरुको मनमष्तिस्कमा पनि डर, रोमान्चकता अनि कस्तो कस्तो सुरु हुन थालिसकेको होला । यस्तोमा तपाईहरुमध्ये भ्यालेन्टाइनमा कसरि प्रस्तुत हुने, कसरि आफ्नो मायालुलाई आफ्नो मनको कुरा राख्ने भनेर खुल्दुली लागिरहेको होला । त्यसैले तपाईका लागि हामीले केहि टिप्सहरु ल्याएका छौं । आउनुहोस जानौं कसरि आफ्नो भ्यालेन्टाइन डेलाई अझ यादगार र रोमान्चक बनाउने:

भ्यालेन्टाइनको दिनमा सकेसम्म आफ्नो पार्टनर भन्दा आफु अगाडी हुनुहोस । यदि तपाईले यो दिन बिर्सनुभयो वा तपाईभन्दा अगाडी तपाईको पार्टनर भयो भने पछी सम्म पनि तपाईलाई हरेक भ्यालेन्टाइनमा यहि दिनको याद गराउन सक्छ ।
सामान्य डेटिगंमा जस्तो हर्कत नगर्नुहोस यस दिनलाई अझ बिशेष बनाउन केहि नौलो योजना बनाउनुहोस् ।
भेट हुनासाथ मायाँ लिन/दिन नहतारिनुहोस ।
मायालु शब्दको प्रयोग गर्दै बिस्तारै आफ्नो मनको कुरा खोल्नुहोस । (यदि तपाईको पहिलो भ्यालेन्टाइन हो भने)
भ्यालेन्टाइन डे मनाउन राखेको प्रस्ताव अस्वीकृत भएको खण्डमा एकैपटक रिसाइ नहाल्नुहोस्, किनभने तपाईं छड्के चेकमा पर्नुभएको पनि हुनसक्छ ।
आफ्नो प्रेमिकाको प्रशंसा गर्नुहोस । भनिन्छ केटि मान्छेहरु प्रशंसाको भोको हुन्छन त्यसैले कन्जुस्याई नगरी प्रशंसामा केहि समय बिताइदिनुहोस तर प्रशंसालै व्यंगात्मक हुनबाट चाही रोक्नुहोस ।
भ्यालेन्टाइनमा गिफ्ट छुटाउनै नहुने कुरा भएकोले आफ्नो साथीको लागि गिफ्ट किन्न नबिर्सनुहोस । गिफ्ट किन्दा आफ्नो साथीलाई प्रभाव पर्ने तर सरप्राइज हुने खालको गिफ्ट किन्नुहोस । र याद राख्नुहोस गिफ्टमा रातो गुलाफ नछुटाउनुहोस्
सम्भव भएसम्म आफ्नो साथीलाई भ्यालेन्टाइन पार्टी दिनु राम्रो हुन्छ चाहे त्यो आफ्नै घरमा होस् वा त क्याफे/रेस्टुरेन्टमा ! तर याद राख्नुहोस तपाई र तपाईको पार्टनरको बिचमा अरुको उपस्थिति राम्रो हुदैन । प्रेमलाई शान्त र रमणीय स्थान उपयुक्त हुन्छ ।
सामान्यतय: भ्यालेन्टाइनको गिफ्टमा मुटु आकारको बस्तुको प्रयोग र चकलेटको प्रयोग अनिवार्य जस्तै हुन्छ । गिफ्ट दिंदा साथीको चाहना र रुचिलाई ध्यानमा राखेर चल्तीमा रहेका आभूषणहरु ब्रासलेट, नेक्लेस, औंठी तथा ग्याजेटहरु मोबाइल, आइफोन, क्यामेरा, ट्याब्लेट आदि दिन सक्नुहुन्छ ।
आफ्नो साथीले दिएको गिफ्टलाई पैसासंग तौलिने वा गिफ्टमा खोट देखाउने कार्य नगर्नुहोस । यसले तपाईहरुको सम्बन्धमा असर गर्न सक्छ । त्यसैले गिफ्ट मन परे पनि नपरे पनि गिफ्ट सहजै स्वीकार गर्नुहोस ।
स्वाभाविक रुपमा रमाइलो गर्नुहोस । तर झुक्किएर पनि यो दिनमा प्रेमलापको नाममा यौनजन्य कार्यका लागि प्रस्ताव नगर्नुहोस ।


भ्यालेन्टाइन डे टिनएजर तथा प्रेमी/प्रेमिकाहरूले मात्र हैन विवाहित जोडीहरुले पनि मनाउन सक्ने पर्व हो । जसरि अविवाहित जोडीले प्रेम साटासाट गर्न भ्यालेन्टाइन मनाउछन त्यसै गरि विवाहित दम्पतिले पनि आफ्नो दाम्पत्य सम्बन्धलाई अझ मजबूत पार्नकै लागि पनि भ्यालेन्टाइन मनाउनु उपयुक्त हुन्छ । भ्यालेन्टाइनले दाम्पत्य जीवनलाई थप निकट बनाउनुका साथै जीवनमा थप सुख र खुशी थप्छ ।

कसरि मनाउने त दम्पतीले भ्यालेन्टाइन ?

आफ्नो जीवनसाथीको लागि समय छुट्टयाउनुहोस । भ्यालेन्टाइन डेको एकदिन उ/उनिसंगै बिताउनुहोस ।
पुरानो कुरालाई बिर्सिदिनुहोस नयाँ दिनको सुरुवातसंगै प्रेमको सुरुवात गर्नुहोस नकि पुराना झगडाहरुलाई बल्झाउनुहोस ।
आफ्नो जीवनसाथीसंग खुशीका साथ प्रस्तुत हुनुहोस । सकिन्छ भने यात्रा गर्नुहोस अथवा कुनै शान्त र हरिलो स्थानमा घुम्न लिएर जानुहोस ।
मनोरम दृश्यहरुको अवलोकनमा जानुहोस वा चलचित्र हेर्न जानुहोस ।
प्रत्येक क्षणलाई रोमान्चक र रमाइलो बनाउने कोशिस गर्नुहोस ।
क्याफे/रेस्टुरेन्ट जान चाहनुहुन्छ भने रमाइलो वातावरण भएको शान्त रेस्टुरेन्ट वा क्याफेमा जानुहोस ।
ड्रिंक गर्नुहुन्छ भने हल्का मात्रै ड्रिंक गर्नुहोस ताकि आफ्नो ध्यान आफ्नो साथिको कुरामा रहिरहन सकोस ।
यदि तपाई आफ्नो साथीलाई उपहार दिन चाहनुहुन्छ भने आफ्ना पुराना सम्झनाहरु समेटिएको फोटो एल्बम वा आफ्नो साथीलाई मन पर्ने चिज उपहार दिन सक्नुहुन्छ ।
अथवा तपाईहरुको विवाहदेखिको यादगार पलहरु समेटिएको डायरी पनि दिन सक्नुहुन्छ ।
आफ्नो साथीलाई मनपर्ने मिठो परिकार आफ्नै हातले बनाएर दिनुहोस । यसले गर्दा तपाईको साथी खुशी हुनुहुनेछ, किनकि उ/उनलाई लाग्नेछ कि तपाईले उसको खुबै ख्याल राख्नुहुन्छ ।

Published on enetnepal.com on 2013-02-13

, ,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...