
के तपाईलाई थाहा छ, जसरि गुलाफको रंगअनुसार त्यसले दिने अर्थ फरक हुन्छ, त्यसरी गरि गुलाफको संख्या अनुसार पनि यसको अर्थ फरक पर्न जान्छ । यदि तपाईले गुलाफ दिंदै गरेको व्यक्तिलाई गुलाफको संख्याको अर्थ थाहा छैन भने त खासै फरक नपर्ला, तर यदि थाहा छ भने माया गर्छु/प्रेम गर्छु भनेर दिंदा अर्कै अर्थ लाग्न पनि सक्छ । त्यसैले आउनुहोस जानौं गुलाफका संख्याका आधारमा तिनले दिने अर्थ :

१ वटा गुलाफ - पहिलो हेराइमा एकातर्फी प्रेम (Love at the first sight)

२ वटा गुलाफ - दुइ तर्फी प्रेम एक अर्कामा गाढा प्रेम (Mutual Love between both, Deeply in love with one another)

३ वटा गुलाफ - म तिमिसंग प्रेम गर्छु ।

६ वटा गुलाफ - म तिम्रो हुन चाहन्छु ।

७ वटा गुलाफ - म तिमिप्रति मोहित/मुग्ध छु ।

९ वटा गुलाफ - सुरुहीन र अन्त्यहिन शाश्वत प्रेम, जीवनभरी जहिले सम्म बाँचिन्छ ।
१० वटा गुलाफ - तिमि पर्फेक्ट छौ ।

११ वटा गुलाफ - तिमि मेरा लागि अनमोल(बहुमुल्य)छौ । तिमि त्यो हौ जसलाई म सबैभन्दा बढी प्रेम गर्छु ।

१२ वटा गुलाफ - मेरो समर्थक बन ।

१३ वटा गुलाफ - गुप्त प्रशंसक

१५ वटा गुलाफ - म आफ्नो गल्तिप्रति इमान्दारिताका साथ् माफ चाहन्छु, कृपया मलाई माफ गर !

२० वटा गुलाफ - मलाई बिश्वास गर, म तिमीप्रति पूर्ण इमान्दार छु ।

२१ वटा गुलाफ - म पूर्ण रुपमा तिमिप्रति समर्पित छु ।

२४ वटा गुलाफ - तिम्रो बारेमा सोच्न रोक्न सक्दिन । चौबिसै घण्टा म तिमीलाई सम्झिरहन्छु ।

३३ वटा गुलाफ - ठुलो ममताका साथ म तिमीलाई प्रेम गर्छु भन्न चाहन्छु ।

३६ वटा गुलाफ - म हाम्रो रोमान्टिक(रमाइला) क्षणहरु सधैं सम्झिरहनेछु ।

४० वटा गुलाफ - तिमि प्रति मेरो प्रेम सक्कली(बफादार)हो ।

५० वटा गुलाफ - यो अफसोसरहित प्रेम हो ।

९९ वटा गुलाफ - म तिमीलाई बाँचुन्जेल प्रेम गरिरहनेछु ।

१०० वटा गुलाफ - शताब्दिभरिका लागि सौहार्दपुर्ण रुपमा संगै, परिपक्व उमेरसम्म जोडीको रुपमा रहिरहनेछौं ।

१०१ वटा गुलाफ - तिमि मेरो एकमात्र प्रेम हौ ।

१०८ वटा गुलाफ - कृपया मसंग विवाह गर ।

३६५ वटा गुलाफ - तिम्रो सम्झनामा प्रत्येक क्षण प्रत्येक दिन, तिम्रो बारेमा सोच्न छोड्नै सक्दिन ।

९९९ वटा गुलाफ - चिरस्थाई(लामो समय सम्म टिक्ने) हार्दिक, शाश्वत र अनन्त प्रेम
तपाई गुलाफको संख्याको अर्थको बारेमा यति कुरा जानेर पनि गलत रुपमा प्रस्तुत हुन चाहनुहुन्छ र ? अवश्य पनि चाहनुहुन्न होला । हो, कतिपय अवस्थामा यस्तो पनि हुन सक्छ कि, तपाईले जसलाई गुलाफ पठाउँदै हुनुहुन्छ, उसले तपाईले पठाउनुभएको गुलाफको अर्थ नबुझ्न पनि सक्छ । यस्तो अवस्थाको लागि तपाईले ग्रिटिंग कार्डको प्रयोग गर्नु एकदमै उपयोगी हुन्छ । त्यसैले यदि तपाई आफ्नो साथि, प्रेमी/प्रेमिका वा अन्य कसैलाई गुलाफ पठाउँदै हुनुहुन्छ भने कृपया फूलसंगै कार्ड पठाउन चाहिं नभुल्नुहोला ।
Published on enetnepal.com on 2013-02-12
No comments:
Post a Comment