नवौं महाधिवेशन गुट भन्दा विचारको महाधिवेशन हो

नेकपा एमालेको नवौं महाधिवेशन यही असार १९ गतेदेखि २५ गतेसम्म काठमाण्डौमा हुदैछ । प्रतिनिधिहरु छान्ने काम सम्पन्न भईसकेका छन् । दस्तावेज हरु केन्द्रिय कमिटीले पास गरेको छ । अध्यक्षका लागि संसदीय दलका नेता केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धामा छन । एमाले महाधिवेशनको मिति नजिकिंदै गरेका बेला दोलखा क्षेत्र नं २ का सभासद् तथा एमाले नेता आनन्दप्रसाद पोखरेलसंग हरि न्यौपानेले गरेको कुराकानी ।

नेकपा एमालेको महाधिवेशन नजिकींदै छ, यसको तयारी कसरी अगाडी बढीरहेको छ ?



नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन यहि अषाढ १९ गते देखि २५ गते सम्म काठमाण्डौमा सम्पन्न हुँदै छ । प्रतिनिधिहरु छान्ने काम सम्पन्न भईसकेका छन् । दस्तावेज हरु केन्द्रिय कमिटीले पास गरेको छ । विडम्वना अहिले सम्म दस्तावेज कार्यकर्ताको हातमा आईसकेको छैन, महाधिवेशनको हलमा आउने छ । यसपटक पनि केन्द्रिय कमिटिले विधान मिच्ने काम गरेको छ । त्यो केहो भने आठौं राष्ट्रिय महाधिवेशनले संगठनको लोकतान्त्रिकरणको सिद्धान्तलाई अंगीकार गर्दै सबै पार्टीका कार्यकता सार्वभौमसत्ता सम्पन्न छन्, भन्ने उद्घोष गरेको थियो । केन्द्रिय कमिटिका सबै नेताहरुले प्रतिनिधि बन्नका लागी कार्यकर्ता तहबाट अनुमोदित भएर आउनुपर्छ भन्ने मान्यतालाई मिचेर आयोजक स्वतः प्रतिनिधि बन्ने जुन तयारी गरेको छ त्यो नै बेठिक काम हो । यो बेठिक कामको विचमाा नवौं महाधिवेशन हुन गईरहेको छ । बाध्यात्मक रुपमा यसलाई स्विकार्नू पर्ने स्थिति आएको छ । दस्तावेज पढ्न पाएको छैन । आ–आफ्नो डम्फु बजाउँदै मेरो विचारले जित्यो अरुको विचारले हा¥यो भन्ने सतहमा प्रचारित छ । तर “शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निमार्ण गरौं ।” भन्ने मुल नारा तयार गरिएको छ । यसबाट प्रष्ट हुन्छ जवजको सिद्धान्तलाई रक्षा,प्रयोग र विकास गर्नुपर्छ भन्ने मान्यतालाई स्थापीत गरेको कुरा प्रस्ट हुन्छ । जवजको नयाँ ब्यख्या खोज्नेहरु र जवजलाई प्रकारान्तरमा अस्विकार गर्ने चिन्तनलाई पराजित गरेको छ । त्यसैले यो महाधिवेशन फेरी पनि विचारको महाधिवेशनको रुपमा स्थापीत भईरहेको छ । वर्षाको समय भएपनि २३२५ को हाराहरीमा प्रतिनिधि उपस्थित भई सहज नेतृत्व हस्तान्तरणको प्रक्रियालाई प्रस्थान बिन्दु बनाई सम्पन्न हुँदै छ ।

तपाईका धेरै समकक्षी यतिबेला केन्द्रिय कमिटिमा छन तर तपाई पनि यस पटक केन्द्रीय कमिटिमा उम्मेदवार हुनुहुन्छ ? किन ?

म २०३४ साल देखिनै कम्युनिष्ट आन्दोलनमा लागीरहेको छु । म संगका मेरा समकक्षि साथिहरु सबै केन्द्रिय कमिटीको सदस्य हुनुहुन्छ । म विभिन्न कारणले त्यो अवसर बाट बञ्चित छु । त्यसैले ३६ वर्ष देखि निरन्तर पार्टी राजनीतिमा लागेको ब्यक्तिले केन्द्रिय कमिटिको सदस्य पद्मा उमेद्वारी दिनु जायज र स्वभावीक हो । मेरो राजनैतिक ईतिहाँस, पार्टीमा मैले निर्वाह गरेको भूमिका, बैचारिक प्रतिबद्धता, पार्टिलाई दिएको योगदान, र भावि दिनमा पार्टीलाई सही बिचार सहित कुशल नेतृत्व प्रदान गर्नु पर्दछ । देशको ठुलो पार्टि बनाउनुपर्छ । त्यहि मान्यतालाई पार्टी भित्र र पार्टि बाहिर स्थापित गर्न आसन्न नवौं महाधिवेशनमा म आफुलाई केन्दिय कमिटिको सदस्य पदमा उमेद्वारी दिने तयारीमा छु ।



केन्दिय कमिटिको सदस्यको उमेद्वारीको लागी तपाईका आधार के के छन ? तपाईलाई किन केन्द्रीय कमिटिमा ल्याउने ?


यसमा मेरा विभिन्न विचार छन । कार्ययोजना छन । बुंदागत रुपमा भन्नुपर्दा नम्बर एक त मुल रुपमा कम्युनिष्ट पार्टीमा लाग्नु भनेको समाजमा भएको शोषण, उत्पीडनलाई उन्मुलन गर्नु, श्रमजिवि वर्गको नेतृत्वमा राजनीतिक सत्ता प्राप्त गर्नु, राष्ट्रियता र जनजिविकको सुदृढिकरण गर्दै सार्वभौमसत्ता सम्पन्न नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाई राज्यको पुनःसंरचना गर्नु हो । बर्गीय रुपमा जनताको आन्दोलनलाई नेतृत् वगर्न सक्ने र वहाँहरुको मागलाई बोक्ने र कार्यान्वयन गर्न सक्ने क्षमता चाहिन्छ र त्यो म सँग छ ।

२,पार्टिले अगाडी सारेको नीति, विचार र कार्यक्रम बुझ्न सक्ने र त्यसलाई जनताको तहमा लागु गर्न सक्ने, र गरिएका कामहरुलाई नतिजामा उर्तान सक्ने क्षमता चाहिन्छ

३, अहिलेको सन्दर्भमा माक्सवाद, लेनिनवाद र जनताको बहुदलिय जनवाद लाई आत्मासाथ गरेर अगाडी बढ्न सक्ने क्षमता पनि राख्न सक्नु पर्छ । अधिकारमुखी आन्दोलनको चरण सकिएको सन्दर्भमा मुलुकको सम्बृद्धीको लागी आर्थिक अधिकार श्रोत माथि जनताको निर्वाध पहुँच स्थापीत गर्न जरुरी छ ।

४, हामी दुई शक्तिशाली राष्ट्रको विचमा छौं, दुई राष्ट्रहरु भारत र चिन सँगको सन्तुलित सम्बन्ध हाम्रो आवश्यक्ता हो । अहिले नेपाल छिमेकी मुलुकको वजार मात्र भएको छ । औधोगीक विकासको जग पनि छैन । स्वाभिमान राष्ट्रिय अर्थतन्त्रको विकास आजको चुनौती हो । यसको खोजीमा म निरन्तर लागीरहेको छु । नमुनाको रुपमा माथिललो तामाकोसी जलविद्युत आयोजनालाई लिन सकिन्छ । म नेकपा एमालेमा विगत ३६ बर्ष देखि यहि आन्दोलनमा क्रियाशिल छु । पार्टीको बिचार बोकेको छु , पार्टिलाई एक ढिक्का बनाउनको लागी लागी परेको छु । पार्टिलाई गलत बाटो तर्फ लैजाने पार्टिका विचारहरुलाई स्खलित पार्ने जस्ता गतिबिधिको विरुद्धमा जैलैपनि म लडिरहेको छु । पार्टिका हरेक मोर्चामा आफुलाई प्रस्तुत गर्न सकेको छु । जनताले जैले पनि सरल र सहज पहुँच भएको नेताको रुपमा मलाई स्विकार गर्दछन् । नवौं महाधिवेशनले पार्टिलाई नयाँ दिशामा अगाडी बढाउने,र पार्टिलाई नतिजामुखी सिद्धान्त र दृष्टिकोण को विकास गर्नु पर्ने जिम्मेवारी नेताहरुको काँधमा छ । पार्टिमा बिधान मिच्ने काम भएका छन् , सुशासन हराएको छ, पार्टि भित्रको सुशासन भनेको आन्तरिक जनवाद हो । त्यो समाप्त प्राय भएको छ । सिद्धान्त र विचारको वहस सुन्य प्राय छ । यसलाई पुर्नस्थापीत गर्ने सोचको साथ अगाडी बढ्ने अठोट सहित आफ्नो दाव प्रस्तुत गरेको छु ।

अहिले पार्टिमा बैचारिक भिन्नता भन्दा नेतृत्व हस्तान्तरणको मुद्दा बढी उठेको छ । यसलाई कसरी हेर्नुहुन्छ ?


नेतृत्व हस्तान्तरणको प्रस्न पनि अत्यन्तै महत्वपूर्ण प्रस्न हो । यो प्राबिधिक विषय मात्र नभएर सिद्धान्तको विषय पनि हो । हामिले विचारमा जनताको बहुदलिय जनवादलाई स्विकार ग¥र्यौ । संगठनमा परम्परागत विधिलाई परिमार्जन गर्दै लोकतान्त्रिक विधिलाई अंगीकार गरेका छौं । अहिले नेतृत्व हस्तान्तरणको मुद्दा पनि हाम्रो पार्टि भित्र निकै पेचिलो मुद्दा बनेको छ । यसका सकारात्मक तथा नकारात्मक दुबै पाटाहरु छन् । केहि पहिलो पुस्ताको नेताहरुले लगातार सत्ताको केन्द्रभागमा पालै पालो नेतृत्व गरिरहेको स्थिती छ । योग्यतम र क्षमतावान नेताहरुको पंक्ती ठुलो छ । त्यसमा पनि के.पी. ओली जनताको बहुदलिय सिद्धान्तलाई प्रतिपादन गर्न सक्ने, जडसुत्रवाद र उग्रवामपन्थको विरुद्धमा जुध्न सक्ने कुसल नेताको रुपमा स्थापीत हुनुहुन्छ । वर्तमान पार्टी अध्यक्ष पुनः अध्यक्षपदमा नउठ्ने भईसकेपछी स्वभावीक रुपमा केपी ओली त्यसको हकदार हो ।

तर अहिले बिगत १५ बर्ष देखि पार्टिको नेतृत्व गर्दैैैै आउनुभएका बरिष्ट नेता क. माधवकुमार नेपाल आफुलाई अध्यक्ष पदको उमेद्वारको रुपमा प्रस्तुत गर्नु भएको छ । नेतृत्व हस्तान्तरणको प्रश्न उठिरहेको बेलामा पुरानै नेतृत्व पुनः फर्कनुको अर्थ नयाँ उर्जाशिल नेतृत्व पलायन हुने खतरा छ । यसले पार्टीको एकता तथा कार्यकर्ता प्रतिको विस्वासमा पुर्णत आधात पु¥याउने देखिन्छ । एक जना ब्यक्ति दुई कार्यकाल भन्दा बढी पार्टीको नेतृत्व नगर्ने कुरा विधानमै ब्यवस्था गरिएको छ । दुई कार्यकाल सकिए पछि स्वत पार्टी बाट बिदा लिनुपर्छ भन्ने मान्यताको आधारमा अर्का नेता क. के.पी. ओली स्वत नेतृत्वको दावेदार हुनुहुन्छ । माधव कुमार नेपालले पुनःउमेद्वारी प्रस्तुत गर्नु भनेको पार्टीलाई गति दिनुको वदला आफ्नो ब्यक्तिगत आकांक्षालाई क्रियाशिलता र स्वास्थ्यको नाममा सरासर पार्टि भित्र लादेको देखिन्छ । मेरो भनाईको तात्पर्य क.माधवकुमार नेपाललाई असक्षम र नेतृत् वगर्न नसक्ने भनेको होईन, प्रश्न सहज नेतृत्वको हस्तान्तरण, पार्टि एकता र मुलुकको संबृद्धी हो । उहाँको अभिभावकत्व नेकपा एमालेको अपरिहार्यता हो । आफ्नै टिममा बसेर जनताको बहुदलिय जनवादी सिद्धान्तको रक्षा,विकास र प्रयोग मा महत्वपूर्ण योगदन पु¥याउने आफ्नो समकालीन नेता क. के.पी. ओली लाई सर्वसम्मत नेतृत्व हस्तान्तरण गरेर वहाँले महानता देखाउने विस्वास अझै कार्यकर्ता माझमा छ । त्यसैले क.के.पी. ओली नवौं महाधिवेशनको सर्वसम्मत अध्यक्षको रुपमा आउनुहुन्छ भन्ने मेरो ठम्याई छ ।

तपाईले त्यसो भनिरहंदा स्वास्थ्यको कारण के.पी ओलीले अध्यक्षको जिम्मेवारी लिन सक्दैनन् भनेर बारम्बार आरोप आइरहेको छ ?

यो अत्यन्त संबेदनशिल विषय हो । मैले बुझेको विज्ञान के हो भने मानिस जन्मीन्छ विरामी पर्छ र मर्छ यो निरन्तर रुपमा चलिरहने प्रक्रिया हो । हामी संग पनि काल संगै छ र त्यो जतिखेर पनि आउन सक्छ । बिरामी भएको कारणले कोहि मानिसले पार्टी हाँक्न सक्दैन भन्ने तर्कमा म कुनै दम देख्दीन । यो उसको मानव अधिकारमाथीको हमला हो भन्ने हामिले ठान्नु पर्छ । जो बैचारिकि रुपमा प्रस्ट छैन ,सांगठनीक पकड स्थापीत गर्न सक्दैन , जो अराजक छ,उसले स्वभावीक रुपमा पार्टीै को नेतृत्व गर्न सक्दैन । तर उ विरामी छ त्यसले पार्टी हाँक्न सक्दैन भन्ने कुरा संग कुनै तर्क छैन । अर्को कुरा के.पी ओली राष्ट्रपती हुन सक्छ, प्रधान मन्त्री हुन सक्छ तर अध्यक्ष हुन सक्दैन भन्ने कुराहरु यदाकदा प्रचारमा आएका छन्,। पार्टीको नेतृत्व गर्न नसक्ने मानिसले मुलुकको नेतृत्व गर्न सक्छ ? के.पी. ओलीलाई अध्यक्ष बनायो भने हामी सकिन्छौं भन्नाको खातिर बरु के.पी. ओली लाई प्रधान मन्त्रि बनाउनु पर्छ भन्ने कुराहरु उठाईनु आफैमा हस्यास्पद हुन्छ । जसरी के.पी. ओली अध्यक्ष बन्नु हुुँदैन भन्ने गलत प्रचारमा लाग्नुहुने साथिहरुलाई म भन्न चाहान्छु, अस्वस्थ्य मानिसले मुलुकको प्रधानमन्त्रि र राष्ट्रपति कसरी चालाउन सक्छ ? उहाँलाई स्वास्थ्य सँग जोडेर जुन प्रचार गर्न खोजिएको छ, त्यसले गलत प्रचार गर्नेहरुलाई नै कमजोर बनाएको छ ।

केपी ओली नै कसरी अध्यक्ष बन्ने आधार के के हुन् ?

आसन्न महाधिबेशनका लागी नेपालका सबैजिल्ला बाट २३२५ जना प्रतिनिधि छानि सकिएका छन् । ति छानिएका प्रतिनिधि मध्य केपीओली पक्षका प्रतिनिधि स्वत बढी छानिएका छन् । क. केपी ओलिको पक्षमा १५०० मत छानिएका छन भने बाँकी अरुको पक्षमा मत छानीएका छन् । पार्टिको संरचना भित्र अपाध्यक्ष सचिव महासचिव लगायतका अधिकांस नेताहरु केपीकै पक्षमा देखिएका छन् । पार्टीको पाँचौं महाधिबेसन बाट छानीएका ३५ जना केन्द्रिय कमिटी मध्य झन्डै २३ जना जति केपी को पक्षमा रहेका छन् । यतिबेला देशभरी बाट छानिएका प्रतिनिधिहरु पनि क.के.पी. ओलि पक्ष तिर खुलिरहेका छन् । हिजो मात्र सेती अंचलका संयोजक भानुभक्त जोसी, केन्द्रिय सदस्य कमल सुनुवार लगायत धेरै साथिहरु नेपाल समुह बाट के.पी.ओली समुतर्फ आउनुभएको छ र आउने क्रम जारी छ । ऐलेको जनलहरले पनि क.केपी ओली अध्यक्ष बन्नेमा कसैले रोक्न सक्दैन । यही १४ गते सगरमाथा टेलिभिजनको अन्र्तवार्तामा क.के. पी. ओलीले एमालेको अध्यक्ष भनेको नेपाल राष्ट्रबैक को नोट जस्तो सर्वमान्य हुनपर्छ भन्नु भएको छ । त्यसैले नवौं महाधिबेसनको सर्वमान्य, सर्वसम्मत नेता र अध्यक्ष क. के.पी.ओली नै हुनेकुरामा कुनै दुबिधा छैन ।

केन्द्रिय महाधिवेशन नजिकींदै गर्दा पार्टिका नयाँ मुद्दा हरु के के हुन ?

केन्द्रिय अबिधेशन नजिकींदै गर्दा यसले विगतको कामको समिक्ष गर्दछ । पार्टि भित्र भएका सवल पक्ष र त्यसका कमजोरी पक्षको चर्चा गर्छ । यसले राजनैतिक प्रतिबेदन पास गर्छ सांगठनिक प्रतिबेदन पास गर्छ । र बिधान सम्मत निवार्चनको प्रक्रियामा जनान्छ । स्वभावीक रुपमा हाम्रो अभिष्ट जनताको बहुललिय जनवादी सिद्धान्तको मार्गदर्शन भित्र रहि २०६२ ÷०६३ को जनआन्दोलनको उपलब्धिलाई संस्थागत गदै नयाँ संविधान जारी गर्नु, राज्यको आर्थिक सामाजिक रुपान्तरण गर्नु ,राज्यको पुर्नसंरचना गर्नु र राष्ट्रियतालाई सुदृढ गर्दै जनजिविकाको सुनिस्चितता प्रदान गर्नु हाम्रा प्रमुख मुद्दाहरु हुनेछन् । अहिले पनि नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिण पन्थि र उग्रबामपन्थीको प्रभुत्व छ । यसको बिरुद्धमा लाग्नको लागी जनताको बहुललिय जनबादि सिद्धान्तको प्रयोग, र यसको ब्यवहारिक कार्यान्वयन गर्नु जरुरी छ । यीनै मुद्दाहरुलाई अगाडी सारेर हामी यो महाधिवेशन गर्दै छौं । त्यसैले पनि यो महाधिबेशन विचारको महाधिवेशन हुनेछ । नेपाली कम्युनिष्ट आन्दोलनमा यो कोशेढुङ्गा सावित हुने छ । त्यति मात्रै हैन यो महाधिबेशन मुलुकलाई स्वाधिन र अर्थिक रुपले समृद्ध बनाउन सफल रहने छ ।

तपाईको विचार समुहले कसरी पार्टीलाई सृदढड र एकताबद्ध कसरी बनाउँछ ?


पार्टि सुदुड बिचार समुहले बनाउने हैन । अहिले नवौं महाधिवेशन गर्न गईरहेका छौं । यो महाधिवेशनले नयाँ नीति , विचार, सिद्धान्त र नयाँ नेतृत्व निर्वाचित गरिने छ । यसैको प्रकासमा पार्टी एकता बद्ध भएर अगाडी बढ्छ । त्यसमा कुनै विचार समुहको गुन्जायस रहँदैन । यो महाधिवेशनले “शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निमार्ण गरौं” भन्ने मुल नारा तयार गरिएको छ । ति उपलब्धिहरु त्यतिबेला मात्रै संस्थागत हुनेछन् जतिबेला नेपाली श्रमजिवी वर्गको पार्टी नेकपा एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा नेतृत्वदायी भुमिकामा स्थापीत हुनेछ । कतिपय सवालमा केहि साथिहरु पार्टीको सिद्धान्त देखिने र सुनिने हुन पर्छ, जवज पुरानो भईसक्यो, सामन्तवाद सिद्दियो, र पूंजीवादको स्थापना भईसकेको छ,, कार्यक्रमको हिसावलवे अव समाजवादी कार्यक्रम लागू गर्नु पर्छ भन्ने मान्यता पूर्ण रुपमा पराजीत भएको छ । जनताको बहुदलिय जनवादी सिद्धान्तले पुनः बिजय प्राप्त गरेको दस्तावेज आउँदै छ । यो दसतावेजको सर्जक र ब्याख्याता क. के.पी. ओली नै भएकोले आगामी महाधिवेशनको विचार संगठन र राजनीतिक नेता समेत के.पी.ओली भएकोले वहाँको बिचार र नेतृत्वनै विजय हुनेकुरामा नेकपा एमाले का कार्यकर्ताहरु ढुक्क छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...