विन्डोज ७ बाट विन्डोज ८ मा आइपुग्दा विन्डोजको लूक्स संगै स्टार्ट बटन पनि हटाइएको थियो जसले गर्दा सुरुमा विन्डोज ८ चलाउन टच स्क्रिन भएको ल्यापटप र ट्याब्लेटको नै अवश्यकता पर्ने भयो । यद्यपी यसमा केहि सुधार गरेर ८.१ लन्च गरियो तर पनि युजरहरुको मन जित्न विन्डोज ८.१ पनि असफल नै रह्यो र विन्डोज ७ नै लोकप्रिय रह्यो । माइक्रोसफ्टका अनुसार विन्डोजको नयाँ भर्सनमा स्टार्ट बटनको साथमा केहि पुराना कमाण्डहरुलाई पनि पुन: सक्रिय गराइनेछ । जसले गर्दा विन्डोज १० यसका प्रयोगकर्ताहरुलाई ज्यादा उल्झाउ नलागोस, कम्प्युटर, ल्यापटप, ट्याब्लेट र मोबाइलमा सजिलै चलाउन मिल्ने होस् ।
अन्दाज गरिंदै छ कि विन्डोज ८ का प्रयोगकर्ताहरुप्रति माइक्रोसफ्टले केहि सहानुभूति देखाउनेछ र विन्डोज ८ का प्रयोगकर्ताहरुलाई विन्डोज १०को निशुल्क अपडेट दिनेछ तर माइक्रोसफ्टले भने यससम्बन्धी मुख खोलेको छैन । विन्डोज ८ को अलोकप्रियताको बिचमा आउन लागेको विन्डोज १० को सफलता र लोकप्रियता माइक्रोसफ्टको लागि निकै नै चुनौतीपूर्ण सावित हुने टेकगुरुहरुको भनाइ छ ।
भिडियो हेर्नुहोस:
अधिक जानकारीका निमित्त Windows Insider Program
No comments:
Post a Comment