
आउनुहोस जानौं कसरि म्यानेजरलाई आफु उक्त पदको लागि उपयुक्त छु भनेर जानकारी गराउने? कम्पनीको बारेमा कसरि थाहा पाउने?, कसरि अन्तर्वार्ताका लागि तयारी गर्ने?, अन्तर्वार्तामा जाँदा कस्तो कपडा लगाउने र कसरि प्रस्तुत हुने? र अन्तर्वार्तापछाडी कसरि उक्त कार्यालयमा फलो-अप गर्ने? भन्ने बारेमा जानौं :
जागिरको विश्लेषण गर्नुहोस
सबैभन्दा महत्वपुर्ण कुरा त जागिर तपाईको योग्यता अनुसार ठिक छ कि छैन त्यो जान्नुस। जागिर पाइसकेपछि तपाईले त्यहाँ गर्नु पर्ने कामको बारेमा पत्ता लगाउनुहोस। तपाईबाट कम्पनिले के चाहन्छ?, त्यो पनि महत्वपुर्ण हुन्छ। त्यसैले यसलाई पनि विश्लेषण गर्नुहोस।
तपाईको कला, दिमाग, पेसागत दक्षता र व्यक्तिगत गुण कम्पनीको माग अनुसार छ कि छैन पत्ता लगाउनुहोस। कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सुची तयार गर्नुहोस।
आफ्नो गुण र कम्पनीको मागलाई मिलाउनुहोस
जब कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सुची तयार हुन्छ, तब जागिरको अवश्यकतासंग आफ्नो गुण र योग्यता दाज्नुहोस।
तपाईको कला, शैक्षिक योग्यता, अनुभव, पेशागत योग्यता, दक्षता, तपाईको क्षमता र कम्प्युटर स्किल जस्ता कम्तिमा १० ओटा कुराहरुको सुची तयार पार्नुहोस्, जुन अन्तरबार्ताकारसंग शेयर गर्न काम लागोस। तपाईको सुचि र जागिरको रिक्वायरमेन्ट मिल्छ कि मिल्दैन पुन: रुजु गर्नुहोस।
यति भएपछी तपाई अन्तर्वार्तामा सोध्न सकिने सम्भावित प्रश्नको जवाफको लागि तयार हुनुहोस।
कम्पनीको बारेमा जानकारी लिनुहोस्/हाँसिल गर्नुहोस
कुनै पनि संस्थामा जागिर सुरु गर्नु अगावै त्यस संस्थाको बारेमा जानकारी राख्नु महत्वपुर्ण हुन्छ। त्यसैले तपाई कुनै संस्थामा अन्तर्वार्ताको लागि जाँदै हुनुहुन्छ, भने त्यस संस्थाको बारेमा जानकारी लिनु पर्दछ। यसले तपाईलाई अन्तर्वार्तामा उत्तर दिन मात्र हैन जागिरको लागि निर्णय गर्न पनि सजिलो गराउँछ। कम्पनीको बारेमा त्यहाको काम गर्ने शैली, काम गर्ने बाताबरण र त्यहाका तपाईका हुनेवाला सहकर्मीहरुको बारेमा थोरै भए पनि जानकारी लिनुहोस्।
अन्तर्वार्ताको लागि प्राक्टिस गर्नुहोस
तपाईलाई सोध्न सकिने केहि प्रश्नहरुको सुची तयार गर्नुहोस्। जसका लागि केहि जानकार व्यक्तिहरुको सहयोग लिनुहोस् अथवा इन्टरनेटको सहयोग लिनुहोस्। यसले तपाईलाई अन्तर्वार्तालाई सहज बनाउन मद्दत गर्छ ।
प्राक्टिसको लागि आफ्नो घरका सदस्यहरु मध्ये एक जना वा साथीहरुमध्ये एकजनासंग अन्तर्वार्ताको प्राक्टिस गर्नुहोस।
अन्तर्वार्तामा जाँदा लगाउने कपडाहरु तयार गर्नुस
कुनै पनि काम हतारमा नगर्नुहोस् अन्तर्वार्तामा जानुभन्दा अगाडी नै जानका लागि ड्रेस तयार गर्नुहोस्। अन्तर्वार्तामा जाँदा फर्मल ड्रेसमा नै जानु उचित हुन्छ। यसले तपाईको व्यक्तित्व झल्काउँछ। साथै यसले तपाईलाई अफिसियल बन्न पनि मद्दत पुर्याउँछ। त्यसैले फर्मल ड्रेसलाई आइरन गरेर राख्नुहोस ताकी तुरुन्तै लागेर हिड्न पाइयोस। भनिन्छ 'फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन' त्यसैले झुक्किएर पनि क्याजुअल ड्रेसमा अन्तर्वार्ता दिन नजानुहोस किनकि यसले तपाईको इम्प्रेसन खराब गराउन सक्छ।
स्थान र समयको बारेमा स्पष्ट हुनुहोस
तपाई अन्तर्वार्ताको लागि कहाँ जाँदै हुनुहुन्छ?, त्यहाँ जाने बाटो कताबाट कता हो?, कुन समयमा पुग्नुपर्ने हो? सबै कुराको जानकारी लिनुहोस् कार्यालयमा गएर कसलाई भेट्ने भन्ने कुरा पनि स्पष्ट हुनुहोस।
अन्तर्वार्ताको समयमा के के लाने?, के के नलाने?
सामान्यतया अन्तर्वार्ताको समयमा केहि चिजहरु छुटाउनै हुदैन। तीमध्ये आफ्नो बायोडाटाको अतिरिक्त कपि र तपाईका अनुभवका पत्रहरूका कपिको साथमा रिफरेन्स महत्वपुर्ण हुन्छ। यी बाहेक आफ्नो शैक्षिक योग्यताका सर्टिफिकेटलगायत ट्रेनिंगका सर्टिफिकेटहरु पनि लैजानु भए अझ राम्रो हुन्छ।
तर भुलेर पनि अन्तर्वार्ताको समयमा तपाईको मोबाइल बज्नु हुदैन, चुइंग गम लगायत चकलेट वा अन्य चिजहरु मुखमा नराख्नुहोस।
अन्तर्वार्तामा कसरि प्रस्तुत हुने?
अन्तर्वार्ता दिने कोठामा छिर्नुअगाडी के म भित्र छिर्न सक्छु भनेर सोध्नुहोस? अन्तर्वार्ता लिने मानिसको अगाडी पर्ने बित्तिकै नर्भस नबन्नुहोस, नहडबडाउनुहोस्। अन्तर्वार्ता लिने मानिसको प्रश्नको जवाफ संयमित भएर राम्रो संग स्पष्ट आवाजमा दिनुहोस। सकेसम्म यो पोस्टको लागि आफु उचित हुने कारणहरु जोडेरमात्र उत्तर दिनुहोस अनावश्यक कुरा नगर्नुहोस।
सुन्नुहोस र सोध्नुहोस
अन्तर्वार्ता लिने व्यक्तिले तपाईलाई भनेको कुराहरुलाई ध्यान दिएर सुन्नुहोस। कुनै कुरामा कन्फ्युज हुनुभएमा सोध्न नहिच्किचानुहोस तर अनावश्यक कुरा नगर्नुहोस्।
फलो अप गर्नुहोस
हुन त सबै ठाउँमा यो सम्भव नहुन वा प्रयोगमा नरहन पनि सक्छ। तर अन्तर्वार्ता दिएको केहि समय(निश्चित समय जुन अन्तर्वार्ता लिने व्यक्तिले दिन्छन)मा पनि कुनै रेस्पोन्स नआएमा फलो अप गर्नुहोस। मेल गर्नुहोस वा चिट्ठी लेख्नुहोस। जसमा आफु यो जागिरको लागि किन योग्य छु? भन्ने कुरालाई फेरी पनि एकपटक प्रकाश पार्नुहोस्। र अन्तमा सहयोग र रेस्पोन्सको लागि धन्यबाद दिन नभुल्नुहोस।
Photo: Google Images Search engine
No comments:
Post a Comment