स्मार्टफोन किन्नुअघी जान्नै पर्ने १० कुराहरु (Smartphone Buying Guide) - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

स्मार्टफोन किन्नुअघी जान्नै पर्ने १० कुराहरु (Smartphone Buying Guide)

Share This


के तपाईं स्मार्ट फोन किन्दै हुनुहुन्छ? तर कस्तो स्मार्ट फोन किन्ने ? कत्रो स्क्रिन साइजको, कस्तो डिस्प्ले भएको स्मार्टफोन कहिले किन्ने ? कती मेगापिक्सेलको क्यामेरा भएको भएको स्मार्ट फोन किन्ने ? जस्ता कुराहरुमा अल्झिरहनु भएको छ ? त्यसो भए आउनुस् जानौँ स्मार्टफोन खरिद गर्नुअघी के के कुराहरुमा ध्यान पुर्‍याउनु जरुरी छ त!

स्मार्टफोन किन्नुअघी जान्नै पर्ने १० कुराहरु:

१. अपरेटिङ्ग सिष्टम तथा युजर इन्टर्फेस
२. स्क्रिन साइज
३. डिस्प्ले क्वालिटी, कलर क्वालिटी तथा ब्राइटनेस
४. डिजाइन एबम बिल्ड क्वालिटी
५. क्यामेरा
६. प्रोसेसर
७. र्याम र रोम (इन्टर्नल स्टोरज)
८. ब्याट्री
९. खरिद गर्ने उपयुक्त समय
१०. मुल्य/बजेट

१. अपरेटिङ्ग सिष्टम वा युजर इन्टर्फेस : मोबाइल किन्दा सबै भन्दा पहिला कुन अपरेटिङ्ग सिस्टम भएको मोबाइल चलाऊने भन्ने बिषयमा स्पष्ट हुनु जरुरी हुन्छ। चल्तिमा रहेका तीनवटा अपरेटिङ्ग सिस्टम आइओस, एन्ड्रोइड र विन्डोजमध्ये विन्डोज अपरेटिङ्ग सिस्टम भएका मोबाइलहरु उत्पादन नै हुन छोडिसके। त्यसैले अब आइओस र एन्ड्रोइडमध्ये कुन छान्ने भन्नेमा बिषयमा स्पष्ट हुनुहोस्।
कुन छान्ने त एन्ड्रोइड कि आइओस ?
--एन्ड्रोइड: यदी तपाईं भर्खरै स्मार्टफोन चलाऊन सुरु गर्दै हुनुहुन्छ भने तपाईंका लागि एन्ड्रोइड उप्युक्त विकल्प हो। यस्का साथै थोरै बजेटमा धेरै अप्सन चाहनुहुन्छ भने तपाईंका लागि एन्ड्रोइड उपयुक्त बिकल्प हुन सक्छ। यस्का निमित्त चलेका स्मार्टफोन ब्रान्डहरुले आफ्नै कस्टुमाइज्ड युजर इन्टेरफेस राखेर पनि फोनहरु बजारमा ल्याउने हुनाले तपाईंले आफुलाई मन पर्ने विकल्प छान्न सक्नुहुन्छ।
--आइओस: स्मार्टफोन चलाऊन बानी परेका प्रयोगकर्ताहरुमध्ये प्राय:ले चलाऊन चाहने आइओस चलाऊन सजिलो पनि छ। तर एप्पलको फोन तथा ट्याब्लेटहरुमा मात्रै प्रयोग हुने हुँदा एन्ड्रोइडको तुलनामा आइओस केही महँगो पर्छ।

२. स्क्रिन साइज: स्मार्टफोनको स्क्रिन साइजले पनि स्मार्टफोन छान्नमा समस्या ल्याउन सक्छ। त्यसैले सबैभन्दा पहिला तपाईंको रुची र स्मार्टफोनलाई तपाईंले के प्रायोजनका निमित्त प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरामा ध्यान दिनु जरुरी हुन्छ। यदी तपाईं भिडियोहरु हेर्न, गेम खेल्न अथवा कार्यलयका कामहरु गर्न स्मार्टफोनको सहायता लिदै हुनुहुन्छ भने तपाईंलाई ५.५ इन्चभन्दा ठुलो फोन उपयुक्त हुन्छ। तर सामान्य प्रयोगका निमित्त भने पकेटमा बोकेर हिंड्न मिल्ने, एक हातले नै सजिलै प्रयोग गर्न मिल्ने ५.५ इन्चभन्दा सानो स्मार्टफोन उपयुक्त हुन्छ।

३. डिस्प्ले क्वालिटी, कलर क्वालिटी तथा ब्राइटनेस : स्मार्टफोन किन्दा प्राय: प्रयोगकर्ताहरुले डिस्प्ले रिजोलुसन मात्र हेर्नुहुन्छ तर तपाईं त्यसो नगर्नुहोस्, रिजोलुसनसङ्गै डिस्प्ले कलर क्वालिटी तथा ब्राइटनेसलाई पनि ध्यानमा राख्नुहोस्। डिस्प्ले कलर क्वालिटीका लागि LCD भन्दा AMOLED प्यानेललाई रोज्नुहोस्। ब्राइटर डिस्प्ले छान्नुहोस् जस्ले गर्दा तपाईंलाई आउटडोरमा पनि फोन चलाऊन सजिलो होस। HDR सपोर्ट गर्ने डिस्प्लेका साथै भ्युइङ्ग एङ्गललाई पनि ध्यानमा राख्नुहोस्।

४. डिजाइन एबम बिल्ड क्वालिटी: यदी तपाईं एन्ड्रोइड स्मार्टफोन चलाऊदै हुनुहुन्छ भने फोनको डिजाइन र बिल्ड क्वालिटीमा पनि ध्यान दिनु जरुरी छ्। सकेसम्म मेटल अथवा ब्याक ग्लास डिजाइन रोज्नुहोस्, जस्ले तपाईंको स्मार्टफोनलाई राम्रो देखाउछ। तर मोबाइल खसालीरहने बानी भएकाहरुका लागिचाही ब्याक ग्लास डिजाइन भन्दा मेटल वा प्लाष्टीक डिजाइन नै उपयुक्त रहन्छ। यस्का साथै मोबाइलको Water Resistance Level पनि बिचार पुर्‍याउनु राम्रो हुन्छ।

५. क्यामेरा: क्यामेरा भन्नेबित्तिकै हामी मेगापिक्सेल मात्र हेर्ने गर्छौ तर त्यसो गर्नु गलत हो मोबाइल किन्दा क्यामेराको मेगापिक्सेल मात्रै नहेरी अपार्चर (जती थोरै उती राम्रो) पनि हेर्नुहोस्। यसका साथै स्पेसल फिचरहरु जस्तै डुअल लेन्स, Optical Image Stabilization clicking स्पीड,भिडियो फ्रेम रेट आदी पनि हेरेर किन्नुहोस् ।


६. प्रोसेसर : फोनमा भएको प्रोसेसरको काम भनेको फोनमा हुने कार्यहरुलाई सरल, सहज र छरितो रुपमा कार्यन्वन गराउनु हो। त्यसैले फोन किन्दा फोनमा रहेको प्रोसेसरको कोरलाई मात्र ध्यान दिनुभन्दा पनि कुन प्रोसेसर हो भन्ने कुरामा पनि ध्यान दिनु जरुरी हुन्छ। यदी तपाईं स्मार्टफोनलाई हल्का रुपमा वा कम प्रयोग गर्नुहुन्छ भने मिडियाटेक प्रोसेसरले मात्रै पनि तपाईं खुशी हुन सक्नुहुन्छ। तर यदी तपाईंलाई स्मार्टफोनमा गेम खेल्न, घन्टौँ सम्म भिडियो हेर्न तथा फोटो तथा भिडियो एडिटिङ्ग् जस्ता कार्यहरु बढी नै गर्न मन पर्छ भने Qualcomm Snapdragon 652 वा Snapdragon 820/821 प्रोसेसर(क्लास लिडिङ चिप) तपाईंका लागि राम्रो छनोट बन्न सक्छ।

७. र्याम र रोम (इन्टर्नल स्टोरज): यदी तपाईं बजेट स्मार्टफोन चलाऊदै हुनुहुन्छ भने २ जिबी र्याम तपाईंको लागि ठिकै हुन्छ। ४जिबी/६जिबीका र्यामहरु भने फ्ल्यागशिप फोनमा पाईन्छ। स्मार्टफोनमा के के स्टोर गर्न पर्ने हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर कम्तिमा पनि १६ जिबी इन्टर्नल स्टोरज भएको स्मार्टफोन खरिद गर्नुभयो भने पछुताउनु पर्ने स्थिती पैदा नहोला।

८. ब्याट्री: स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ब्याट्रि नै हो। स्मार्टफोन किन्दा ब्याट्रि ब्याकअपको साथै चार्जिङ्ग ड्युरेसन (चार्ज गर्न लाग्ने समय) ब्याट्रिको ड्युराबिलिटी (कती समय चल्छ) भन्ने कुरामा पनि ध्यान पुर्‍याउनु जरुरी हुन्छ। सामान्यतय: नर्मल युजरहरुका लागि न्युनतम 3000mAh र अली बढी नै प्रयोग गर्ने प्रयोगकर्ताहरुका हकमा भने 3500mAh ब्याट्रि भएको स्मार्टफोन उपयुक्त हुन्छ।

९. खरिद गर्ने उपयुक्त समय: आफ्नो बजेटमा अली महँगो स्मार्टफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने स्मार्टफोन खरिद गर्ने उपयुक्त समयको बारेमा पनि तपाईंलाई जानकारी हुन जरुरी छ। कुनै पनि बस्तुहरु खरिद गर्ने उपयुक्त समय भनेको कम्पनीहरुले बिभिन्न अफरहरु सर्वजनिक गर्ने समय सर्वाधिक सेलिब्रेसन हुने चाडबाड तथा नयाँ बर्षको समयहरु नै हुन।

१०. मुल्य/बजेट : कुनै पनि सामान खरिद गर्दा सबै भन्दा मुख्य कुरा भनेको त्यसको मुल्य र आफ्नो बजेट नै हो। स्मार्टफोनको कुरा गर्दा पनि तपाईंसँग भएको बजेटमा तपाईं के चाहनुहुन्छ र तपाईंको बजेटमा तपाईंले खोजेको स्मार्टफोन छ कि छैन भन्ने कुरा नै मुख्य रहन्छ। तपाईं कती बजेटमा के चाहनुहुन्छ र तपाईंको बजेट तपाईंले खरिद गर्न खोज्नुभएको स्मार्टफोनको लागि ठीक छ कि छैन अथवा तपाईंले गर्ने खर्चको अनुपातमा तपाईंको स्मार्टफोन उपयुक्त अप्सन हो कि हैन भन्ने बारेमा जान्नुहोस ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here